
मुगु । जिल्लामा रहेको छायानाथ रारा नगरपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ ।
मंगलबार नगरपालिकाको सभाहलमा आयोजित छायानाथ रारा नगरपालिकाको १७ औ नगरसभामा नगरप्रमुख विष्णु कुमार भामले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रममा आगामी वर्ष भुमी बैक स्थापना गर्ने नीति लिएको बताइएको हो ।
नगर भित्र रहेका खेतियोग्य जमिनहरु दिन प्रतिदिन बाझो हुँदै गएकाले भुमी बैकको स्थापना गरेर खेती गर्ने इच्छा भएका,उधमी,व्यवसायी बन्न इच्छुक व्यक्तिहरुलाइ खेती गर्न वितरण गरिने र यो नितिले कृषिमा युवालाइ आक्रषित गरि विदेशिने चलन रोक्ने दिर्घकालिन लक्ष्य नगरपालिकाको रहेको नगरप्रमुख भामले बताउनु भयो ।
प्रस्तुत नीति तथा कार्यक्रम अनुसार नगरपालिकाका प्रमुख प्राथमिकताका क्षेत्रहरुमा सुधारिएका सडक,कृषि यान्त्रिकरण र व्यवसायिकरण,शिक्षा क्षेत्रको गुणात्मक सुधार,गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा,सुचना तथा प्रविधिको विकास,उधम र रोजगारिको अवशर,विपत व्यवस्थापन,पर्यटक प्रवर्द्धनमा जोड,खानेपानी तथा सरसफाइ,लैङ्िगक तथा सामाजिक समावेशिकरण र खेलकुद गतिविधी रहेको बताइएको छ ।
विगत वर्षहरु कै धेरै नीति तथा कार्यक्रमहरुलाइ निरन्तरता दिइएको भएपनी भुमी बैक स्थापना,सुनौलो शुक्रबार,उपप्रमुख एकल महिला कार्यक्रम,एक रात गमगढी बास,महिनाको एक दिन शैक्षिक बहस,खुल्ला मन्च रंगशाला निमाण,१० शैयाको नगर अस्पताल संचालन,स्थानिय संचार माध्यमलाई अनुदान,आगलागी नियन्त्रणका लागि दमकल खरिद जस्ता नीति तथा कार्यक्रम प्रस्तुत नीति तथा कार्यक्रममा नयाँ आएका छन् ।
नगर प्रमुख विष्णु कुमार भामको अध्यक्षयतामा सम्पन्न भएको छायानाथ रारा नगरपालिकाको १७ औ नगरसभामा प्रमुख अतिथिको रुपमा प्रदेश क बाट कर्णाली प्रदेश सभा सदस्य जित बहादुर मल्ल,विशिष्ट अतिथीको रुपमा समन्वय प्रमुख मन्जन बहादुर कार्की,विशेष अतिथिको रुपमा समन्वय उपप्रमुख नैली कार्की र नगर उपप्रमुख ऎश्वर्य मल्ल उपस्थित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच