
समाचार सारांश
-
प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, प्रणाली र शहीदको बलिदानको अपमान सह्य नहुने भन्दै संसदमा कडा चेतावनी दिनुभयो।
-
दैलेखको मिथेन ग्याँस उत्पादन परीक्षण मंसिरमा सम्पन्न भई आगामी आर्थिक वर्षभित्र व्यवसायिक उत्पादन सुरु हुने जानकारी दिनुभयो।
-
विद्यालय शिक्षा ऐन छिटो पारित गर्न सरकार अग्रसर रहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने चेतावनी दिनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्द उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले ‘संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान नगर्न सचेत गराउनु भयो ।
अहिलेको प्रणालीको रक्षा गर्नु र संविधानको रक्षा गर्नु एवं प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको बताउनु भयो । आफूमाथि कुने गाली, अपमान गरेको सहनसक्ने तर शहीदहरुको बलिदानप्रतिको अपमान सहन नसक्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान त्यो कुरा नगराैँ । यस प्रणालीको रक्षा गर्नु, यस संविधानको रक्षा गर्नु, यो प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यसम्म पुर्याउनु अहिलेको सरकारले आफ्नो कर्तव्य ठान्छ । यस कुरामा कुने कम्परमाइज गर्दैन । राष्ट्रियताको प्रश्नमा प्रणालीको प्रश्नमा लोकतन्त्रको प्रश्नमा र म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन्छु । तर शहीद, शहीदप्रतिको अपमान, शहीदले दिएको बदिलानप्रतिको अपमान, विगतका संघर्ष र बलिदानको अपमान, प्रणाली, संविधानको अपमान सह्य हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीले बोल्दा संयम अपनाएर बोल्न पनि आग्रह गर्नुभयो । संसदले कुनैपनि कुरालाई हल्का ढंगले लिन नहुने बताउनु भयो ।
दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्छ
प्रधानमन्त्री ओलीले दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताउनुभएको छ ।
उहाँले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो । यसको परीक्षण उत्पादन मंसिरभित्रमा सम्पन्न हुने बताउनु भयो । यसको सदुपयोग पनि गरिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने काम थालेका थियौँ, सफल भएको छ । यसको परीक्षण उत्पादन मंसिरभित्रमा हुनेछ । यसको व्यवसायिक उत्पान सम्भवतः आगामी आर्थिक वर्षभित्र भइसक्नेछ । सदुपयोग पनि गरिनेछ । ’
प्रधनमन्त्री ओलीले विद्यालय शिक्षा ऐन छिटो पारित गर्नेतर्फ सरकार अग्रसर रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच