
समाचार सारांश
-
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले रास्वपा र रवि लामिछानेमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म प्रयास गरिरहेको बताउनु भयाे ।
-
सिंहदरबारमा माधवकुमार नेपालसँगको भेटमा हालको संसदीय परिस्थिति र समाजवादी मोर्चा विषयमा सामान्य छलफल भएको जानकारी दिनुभयाे ।
-
रास्वपाले भिजिट भिसाबारे असहमति जनाए पनि आफूले उनीहरूलाई न्याय दिलाउने प्रयास जारी राखेको दाहालले बताउनु भयाे ।
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताउनुभएको छ ।
सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरुले सहमति जनाउनुभएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताउनु भयो । अझ पनि त्यही प्रयासमा आफू रहेको बतउनु भयो । रास्वपाका नेताहरुले यो कुरा पछि ब्झ्ने उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो । गम्भीर विषयमा होइन । अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो । अझै गर्दैछु । रास्वपाका साथीहरुले पछि बुझ्नुहुन्छ ।’
अध्यक्ष दाहालले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको पनि बताउनु भयो । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच