
समाचार सारांश
-
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा मुद्दामा माग पूरा नभएसम्म संसदीय प्रक्रियामा नफर्किने बताउनु भयाे ।
-
सरकारले मुद्दालाई पन्छाउन खोजेको आरोप लगाउँदै आन्दोलन यथावत रहने स्पष्ट पार्नुभयाे ।
-
मन्त्रिपरिषद्ले गठन गरेको उच्चस्तरीय समिति रास्वपाले अस्वीकार गरेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरु पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागि नहुने बताउनुभएको छ ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक परियारले आफूहरुको आन्दोलन यथावत रहेको बताउनु भएको हो । उहाँले भिजिट भिसा जस्तो गम्भिर मुद्दालाई सरकारले पन्छाउन खोजेको समेत उहाँको आरोप छ । उहाँले अर्को संसद बैठक असार १४ गतेको रहेको उल्लेख गर्दै त्यतिबेलासम्म पार्टीको मुद्दालाई थप स्थापित गर्न आवश्यक कार्यहरु गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले आज सदन बहिस्कार गर्यौं । हाम्रो आन्दोलन यथावत छ । अब असार १४ गते सदन छ । त्यो समयसम्म हामी यो मुद्दालाई थप स्थापित बनाउनको लागि के कस्ता कामहरु गर्नुपर्छ त्यो गर्छौं । हाम्रो आन्दोलन चाँही यथावत छ । यस्तो गम्भिर मुद्दालाई सरकारले जसरी पन्छाउन खोजेको छ त्यो बन्द होस् । हाम्रो माग पूरा भयो भने हामी संसदीय प्रक्रियामा फर्किहाल्छौँ ।’
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिलाई रास्वपाले अस्विकार गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच