भोजपुर । खाना पकाउने ग्याँस लिक भएरु आगलागीमा गम्भीर घाइते हुनुभएकी भोजपुर नगरपालिका वडा नम्वर ९ निवासी कमला श्रेष्ठको उपचारका लागि सहयोग संकलन थालिएको छ ।
शरीरको ७० प्रतिशत भाग आगोले जलि हाल बिराटनगरमा रहेको बिराट मेडिकल टिचिङ अस्पतालमा उपचारार्थ कमलाको परिवारले उपचार महगो भएकाले सवैसँग सहयोगको आह्रवान गरेसँगै भोजपुरमा अहिले सहयोग संकलन सुरु गरिएको हो ।
उपचारमा सहयोगका लागि भोजपुरमा रहेका बिमा कम्पनीको छाता संस्था भोजपुर बिमक संघले मंगलवार पिडित कमलाको आफन्त बिमल प्रधानलाई संकलित २० हजार चार सय २१ रुपैया हस्तान्तरण गरेको संघका सदस्य दिपेन दर्नालले बताउनुभयो । बिमक संघमा आवद्ध २८ जनाबाट संकलित रकम संघका अध्यक्ष राजन राईले हस्तान्तरण गर्नु भएको हो ।
यस्तै युवाहरुको संस्था बिहानी फुटवल क्लवले पनि उपचारका लागि संकलित एक लाख २० हजार ८३ रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराएको छ । क्लवको पहलमा संकलित रकम पिडितको उपचारका लागि हस्तान्तरण गरिएको अध्यक्ष बिकल श्रेष्ठले जानकारी दिनुभयो ।
भोजपुर जिल्लामा क्रियाशिल लघुबित्तहरुको संस्था लघुबित्त कर्मचारी मिलन केन्द्रले पनि संकलित १८ हजार पाँच सय रकम सोमवार पिडितको आफन्तलाई हस्तान्तरण गरेको थियो । सहयोग संकलन अभियान जिल्ला तहमा निरन्तर जारी राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच