
कैलाली । युवा परिषद् सुदुरपश्चिम प्रदेशको कार्यकारी उपाध्यक्षमा गजेन्द्र सावद नियुक्त हुनुभएकाे छ । प्रदेश सरकारले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।
युवाहरू माझ लामो समयदेखि सक्रिय सावद आगामी ४ बर्षका लागि परिषदको कार्यकारी उपाध्यक्षमा नियुक्त हुनु भएकाे हाे । नवनियुक्त कार्यकारी उपाध्यक्ष सावदले आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनु भयाे ।
उहाँले युवाहरूलाई नेतृत्व तहमा र नितिगत रुपमा निर्णय प्रक्रियामा सहभागी गराउने प्रक्रियामा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयाे । सावद कराते महाँसघका केन्द्रीय सदस्य समेत हुनु हाे ।
प्रदेश सरकारले प्रदेशमा रहेका युवाहरुका क्षेत्रमा काम गर्ने उदेश्यका साथ परिषद् गठन गरेको हो । सामाजिक विकास मन्त्रालयका मन्त्री अध्यक्ष रहने परिषदमा कार्यकारी भूमिका उपाध्यक्षलाई दिने व्यवस्था रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच