काठमाडौं । राष्ट्रिय कविता महोत्सव, उत्कृष्ट दश कविता छनोट गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव-२०८२ मा दस जना कविका दशवटा कविता छानिएको हो ।
प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले राष्ट्रिय कविता महोत्सवमा सहभागी भएका कविहरूको मूल्यांकन समितिबाट सिफारिश भएनुसार सर्वोत्कृष्ट दशजना कविका कविता पुरस्कारका लागि छनोट भएको बताउनुभयो । जसअनुसार सिरहाका अविनाश भट्टराईको ‘छुटी जानेहरूका नाममा’, मोरङका कर्ण सञ्जयको ‘पिताजी अहाँ के छलौ’ (मैथिली भाषा), मकवानपुरका किसन पौडलेको ‘पृथ्वीको क्रन्दन’, लमजुङकी गोमा श्रेष्ठको ‘भालेको मौन विद्रोह’, नवलपरासीको चन्द्रमणि चापागाईंको ‘औजार’, रुकुम पश्चिकी तुलसी केसीको ‘तिम्रो गाउँको शून्यता’, मकवानपुरकी मिरमा (रमा सुवेदी)को ‘अचेल हरेक रात पहाड रुन्छ’, सुनसरीका शमुएल कोइरालाको ‘नेपाल मेरो घर’, ललितपुरका सन्ध्या महर्जनको ‘हिउँ सः ले तनाच्वगुं मौन म्हगस’ (नेपाल भाषा)र चितवनको सिर्जन अविरलको ‘जीवनको महक’ शीर्षकको कविता उत्कृष्ट भएका छन् ।
प्रतिष्ठानले मूल्यांकन समितिको मूल्यांकन अनुसार २५ जना कविका २५ वटा कविता वाचनका लागि छनोट गरेको थियो । वाचनका लागि प्रत्यक्ष उपस्थित हुन नसक्ने कविहरूका लागि आइतबार इमेलमार्फत कविता वाचनको भिडियो रेकर्डको व्यवस्था गरिएको थियो ।
प्रतिष्ठानका सदस्यसचिव डा.सुवेदीले तीन वर्षदेखि उत्कृष्ट दशलाई पुरस्कृत गर्दै आएको बताउँदै पहिलो र दोस्रोमा विवाद हुने देखिएकाले उत्कृष्ट दशलाई पुरस्कृत गर्न सुरु गरिएको बताउनुभयो । पुरस्कृत सबैलाई ४० हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिने उहाँले जानकारी गराउनुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच