
घोराही । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । आज भएको नगरसभाको १७ औँ अधिवेशनमा उपप्रमुख हुमा डिसीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २९ करोड २९ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
आर्थिक वर्ष ०८२/०८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ ८३ करोड ३४ लाखमध्ये दश करोड ८३ लाख पूजिगत र ७२ करोड ५१ लाख चालु खर्च रहेको बजेट प्रस्तुत गर्नुभएको हो ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तीन करोड ९२ लाख ८ हजार रुपियाँमध्ये तीन करोड ८७ लाख पूजिगत र पाँच लाख ८ हजार चालु खर्च, संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय सामानिकरण अनुदान, राजश्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय ९घर जग्गा, रजिष्टेशन, बैंक मौज्दातसमेत० बाट एक अर्व ४२ करोड ९२ हजार रुपियाँमध्ये ५६ करोड १९ लाख ८७ हजार चालु खर्च र ८५ करोड ८१ लाख पाँच हजार पूजिगत खर्च रहेको छ ।
पूर्वाधार विकासतर्फ ७९ करोड ९४ लाख, ५० हजार, सरसफाई, वन, वातावारण तथा विपद व्यवस्थापनअन्तर्गत दुई करोड २९ लाख २० हजार, सामाजिक विकासतर्फ आठ करोड ३० लाख ४५ हजार, शिक्षा, युवा तथा खेलकुद आन्तरिकतर्फ ८ करोड ६९ लाख ३० हजार रुपियाँ, आर्थिक विकासअन्तर्गत छ करोड ६७ लाख ४४ हजार, खेलकुद प्रतियोगिता सञ्चालनका लागि ३७ लाख ५० हजार, उज्यालो आँखा कार्यक्रमका लागि १५ लाखको बजेट प्रस्तुत गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच