
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताउनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो । यसको परीक्षण उत्पादन मंसिरभित्रमा सम्पन्न हुने बताउनु भयो । यसको सदुपयोग पनि गरिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने काम थालेका थियौँ, सफल भएको छ । यसको परीक्षण उत्पादन मंसिरभित्रमा हुनेछ । यसको व्यवसायिक उत्पादन सम्भवतः आगामी आर्थिक वर्षभित्र भइसक्नेछ । सदुपयोग पनि गरिनेछ । ’
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा ऐन छिटो पारित गर्नेतर्फ सरकार अग्रसर रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच