लण्डन । बेन डकेटको उत्कृष्ट १४९ रनको मद्दतले इंग्ल्याण्डले भारतलाई पहिलो टेस्टमा पाँच विकेटले हराएको छ । हेडिङ्लेमा मंगलबार राती सम्पन्न टेस्टको पाँचौं दिनको अन्तिम सत्रमा इंग्ल्याण्ड ऐतिहासिक जित हात पार्न सफल भएको हो । जितका लागि ३७१ रनको लक्ष्य पाएको इंग्ल्याण्ड त्यसको जवाफमा पाँच विकेटमा ३७३ रन बनाउन सफल रहृयो । यो जितसँगै इंग्ल्याण्डले पाँच टेस्टको सिरिजमा १-० को अग्रता पनि लिएको छ । इंग्ल्याण्डले बिना कुनै विकेटको क्षति २१ रनबाट अगाडि खेल्न सुरु गरेको थियो ।
डकेटले पहिलो विकेटका लागि ६५ रन बनाउनुभएका ज्याक क्रलीसँग १८८ रनको साझेदारी गर्दै जितको आधार तयार पार्नुभएको थियो । जेमी स्मिथ ४४ रन बनाएर नटआउट रहँदा उहाँले छक्का प्रहार गर्दै विजयी रन बटुल्नुभएको थियो । जोए रुट ५३ रन बनाएर नटआउट रहनुभयो । भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णले २-२ विकेट लिनुभयो ।
इंग्ल्याण्डले टेस्ट क्रिकेटको चौथो इनिङमा रन पछ्याउने कलामा निपुणता हासिल गरेको छ । टेस्ट क्रिकेटको १४८ वर्षको इतिहासमा यति धेरैपटक कुनै टोलीले यस्तो गरेको छैन । २०१९ को एशेज शृंखलामा इंग्ल्याण्डले हेडिंग्लेमा ३५९ रन पछ्याउँदै खेल जितेको थियो । २०२२ को एजब्यास्टन टेस्टमा उनीहरूले भारतविरुद्ध ३७८ रनको लक्ष्य हासिल गरेका थिए । मंगलबार स्टोक्सको टोलीले भारतविरुद्ध ३७१ रन पछ्याउँदै हेडिंग्लेमा अर्को ऐतिहासिक जित दर्ता गरेको हो । इंग्ल्याण्डका लागि विजयी प्रहार विकेटकिपर-ब्याट्सम्यान जेमी स्मिथ (४४)ले लामो समयसम्म चौका, छक्का प्रहार गर्नुभएको थियो ।
२५ वर्षीय युवा कप्तान शुभमन गिलको नेतृत्वमा रहेको भारतीय टोलीका लागि यो हार धेरै तितो थियो । भारतका ब्याट्सम्यानहरूले पाँच शतक बनाए तर टोलीले जित्न सकेन । भारतीय टोलीले खेलमा धेरै क्याच छोड्यो र खराब फिल्ड गरेको थियो । जसप्रीत बुमराहले चौथो इनिङमा केही विशेष गर्न नसकेका कारण भारतको समस्या पनि बढेको थियो । उहाँले १९ ओभर बलिङ गर्नुभयो तर कुनै विकेट लिन सक्नुभएन । यसबाहेक भारतीय ब्याटिङको तल्लो क्रम दुईपटक पतन हुनु पनि हारको कारण बन्यो ।
इंग्ल्याण्डका ओपनर बेन डकेटले १४९ रनको द्रुत इनिङ खेल्नुभयो र आफ्ना पार्टनर ज्याक क्राउली (६५) सँग १८८ रनको साझेदारी गर्नुभयो । दिउँसो वर्षाका कारण खेल दुईपटक रोकिए पनि यो साझेदारीले अब जितनजिक पुगेको लगभग सुनिश्चित गरिसकेको थियो । डकेटलाई खेलको प्लेयर अफ द म्याच घोषित गरियो ।
सुरुको बादल लागेको अवस्थामा बुमराह र सिराजले कडा लाइन-लेन्थ बलिङ गर्नुभयो । कप्तान शुभमन गिलले तीन स्लिप र एक गली राखेर आक्रामक फिल्डिङ सेट गर्नुभएको थियो । तर, दुवै ओपनरहरूले बलको चाललाई हृयाण्डल गरे र खाजासम्म ११७ रनको बलियो साझेदारी गरे । यी दुवै ब्याट्सम्यानले विशेष गरी युवा तीव्र बलर प्रसिद्ध कृष्णलाई लक्षित गरेका थिए । यसपछि कप्तान शुभमन गिलले आक्रामक फिल्डिङ हटाउनुभयो जसले गर्दा इंग्ल्याण्डका ओपनरहरूलाई रन बनाउन सजिलो भयो ।
भारतीय टोलीले पहिलो इनिङमा ४७१ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ४६५ रन बनाएको थियो । दोस्रो इनिङमा भारतीय टोली ३६४ रन बनाउन सफल भएको थियो । पहिलो इनिङमा भारतका लागि यशस्वी जयसवाल, शुभमन गिल र ऋषभ पन्तले शतक बनाउनुभएको थियो । जबकि दोस्रो इनिङमा केएल राहुल र ऋषभ पन्तले शतक बनाउनुभयो । पहिलो इनिङमा जसप्रीत बुमराहले इंग्ल्याण्डका पाँच ब्याट्सम्यानलाई पवेलियन पठाउनुभएको थियो । टेस्ट क्रिकेटको इतिहासमा भारत पहिलो टोली बन्यो जसका खेलाडीहरूले पाँच शतक बनाए तर पनि टोलीले हार बेहोर्नुपर्यो । शृंखलाको दोस्रो खेल जुलाई २ देखि खेलिनेछ । एजेन्सी ।







टेनिस युगका अन्तिम सम्राट जोकोभिचको
मेसीको सम्मानमा एक मिनेट खेल
युरोपेली फुटबल : पिएसजी र
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
विपत्तिमा बालबालिकाको शिक्षा र सुरक्षालाई
एसियाड तयारीका लागि पौडेल र