काठमाडौं । नेपाली राष्ट्रिय यू-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त हुनुभएको छ । न्यौपानेलाई एन्फा कार्यवाहक महासचिव दामोदर भट्टराईले एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा र मनिष जोशी, सिइओ इन्द्रमान तुलाधरलगायत अन्यको उपस्थितिमा नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको छ ।
नेपाली यू-२३ टिमले ताजकिस्तानमा हुने एएफसी यू-२३ एसियन कप क्वालिफायर्सको खेल सेप्टेम्बर ३ देखि ९ सम्म हुनेछ । यस प्रतियोगितामा नेपाल ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह ‘एच’ मा रहेको छ ।
न्यौपानले नेपाली राष्ट्रिय टोलीको अन्तरिम प्रशिक्षकका रूपमा पनि काम गरिसक्नुभएको छ । यसैगरी उहाँसँग शीर्ष डिभिजनमा मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब तथा नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र एफसी चितवनको प्रशिक्षण सम्हालेको अनुभव पनि छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :