काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले आइसिसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा १० स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल ८३औँ स्थानमा पुग्नुभएको छ ।
यसैगरी कप्तान रोहितकुमार पौडेल र आसिफ शेखको वरीयता खस्किँदा दीपेन्द्रसिंह ऐरी भने सोही स्थानमा हुनुहुन्छ । रोहित दुई स्थान तल खस्किएर ६६औँ स्थानमा पुग्नुभएको छ । आसिफ ७७औँ स्थानमा हुनुहुन्छ । उहाँ पनि दुई स्थान खस्किनुभएको छ ।
यस्तै, आरिफ शेखले अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा १३ स्थान सुधार गर्नुभएको छ । नयाँ वरीयतामा उहाँ ९०औं स्थानमा पुग्नुभएको छ । यसअघि उहाँ शीर्ष १०० बाट बाहिर हुनुहुन्थ्यो । बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ७५ स्थानमा उक्लिनुभएको छ । सन्दीपले ४१ स्थान सुधार गर्नुभएको हो ।
त्यस्तै अर्का लेग स्पिनर ललित राजवंशीले २९ स्थान सुधार गर्दै ५४औं स्थानमा पुग्न सफल हुनुभएको छ । वरीयताको शीर्ष स्थानमा अस्ट्रेलियाका ट्राभिस हेड हुनुहुन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर