नवलपरासी । पश्चिम नवलपरासीका सातै स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । संयुक्त रूपमा पालिकाहरूले पाँच अर्ब ६६ करोड ४८ लाख ९८ हजार चार सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
सबै स्थानीय तहले आगामी वर्षका लागि स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । तीन नगरपालिकामध्ये रामग्राम नगरपालिकाले सबैभन्दा ठूलो बजेट सार्वजनिक गरेको छ । रामग्रामले एक अर्ब ३१ करोडको बजेट सार्वजनिक गरेको हो । सुनवल नगरपालिकाले ९९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ भने बर्दघाट नगरपालिकाले ९७ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
चारवटा गाउँपालिकामध्ये प्रतापपुर गाउँपालिकाले सबैभन्दा ठूलो बजेट ल्याएको छ । उक्त पालिकाले आगामी वर्षका लागि ७६ करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । सुस्ता गाउँपालिकाले ५४ करोड ९३ लाख १८ हजार चार सय, सरावल गाउँपालिकाले ५३ करोड ३५ लाख र पाल्हीनन्दन गाउँपालिकाले ५३ करोड ११ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारहरूद्वारा प्रस्तुत बजेटमा समावेश प्राथमिकताहरूले नवलपरासीको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच