काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयतामा ४१ स्थान सुधार गर्नुभएको छ ।
आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप ७५औँ स्थानमा उक्लिनु भएको हो । यस्तै ललित राजवंशीले वरीयतामा राम्रो सुधार गर्नुभएकाे छ ।
ललित २९ स्थान सुधार गर्दै ५४औँ स्थानमा उक्लिनुभएको छ । सन्दीपले हालै स्कटल्यान्डमा भएको सिरिजको चार खेलमा ११ विकेट लिनुभएको थियो । ललितले पनि सिरिजमा चार विकेट लिनुभएको थियो ।
यस्तै अलराउन्डतर्फ दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत् हुनुहुन्छ । कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२औँ स्थानमा हुनुहुन्छ । ब्याटिङमा कुशल १० स्थान सुधार गर्दै ८३औँ स्थानमा उक्लिनुभएको छ ।
वरीयतामा कप्तान रोहितकुमार पौडेल र आसिफ शेख दुई स्थान खस्किँदा दीपेन्द्रसिंह ऐरी यथास्थानमा हुनुहुन्छ । रोहित ६६औँ, आसिफ ७७औँ दीपेन्द्य्र ६१औँ स्थानमा हुनुहुन्छ ।
यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा आरिफ शेख १३ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लिनुभएको छ । ओपनर आसिफ शेख ९४ र रोहितकुमार पौडेल ९९औँ स्थानमा हुनुहुन्छ । आसिफ चार रोहित एक स्थान खस्किनुभएको हो ।
यस्तै ओपनर कुशल भुर्तेल एक स्थान सुधार गर्दै ८७औँ स्थानमा हुनुहुन्छ । नेपाल टी–२० वरीयतामा १८औँ र एकदिवसीयमा १७औँ स्थानमा यथावत छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र