काठमाडौंं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकको सेवालाई अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।
ग्राहकलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपका आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन् ।
उक्त योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा दुई लाख रुपैयाँसम्म (कम्तीमा पाँच हजारदेखि) ऋण लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ ।
सिटिजन्स बैंकले डिजिटल प्रविधि उपयोगमार्फत् आफ्ना ग्राहकको समय, श्रम र स्रोत बचत गर्दै सेवा प्रवाह अझ प्रभावकारी बनाउन निरन्तर रूपमा नयाँ–नयाँ डिजिटल सेवा ल्याउने क्रममा उक्त सेवा पनि थप गरिएको जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच