काठमाडौं । ‘विश्वराज अधिकारी : अनुभूतिका विविध प्रवाहमा’ पुस्तक विमोचन गरेको छ । नारी स्रष्टा समाज, विराटनगरले काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रममा विश्वविमोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा, नाट्यकर्मी अशेष मल्ल, साहित्यकार राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदनलगायतले उक्त कृतिको विमोचन गर्नुभएको हो ।
प्रमुख अतिथि श्रेष्ठले विश्वराज अधिकारीले अमेरिका बसेर पनि नेपाली भाषा साहित्यमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । नाट्यकर्मी मल्लले अधिकारीले सात समुद्रपारि रहेर नेपाली भाषा साहित्यका विषयमा सोच्दै आएको प्रसंग उठाउँदै अब साहित्यमा भ्रष्टाचारमुक्त मुलुकको कल्पना गर्ने दर्शन पनि प्रस्तुत हुनुपर्ने धारणा राख्नुभयो ।
समीक्षात्मक टिप्पणी गर्दै रमेन्द्र कोइरालाले कृतिबारे चर्चा गर्नुभएको थियो । कृतिका सम्पादक ममता मृदुलले यो पुस्तक ल्याउनुको कारण सुनाउनुभयो । पुस्तकमा अधिकारीले लेखेका कृतिहरूमाथि विभिन्न सर्जकहरूले गरेको समीक्षा समावेश छ । अधिकारीका ४० बढी पुस्तक प्रकाशित छन् । कार्यक्रममा साहित्यकारहरू अधिकारी, रोदन, लेकाली, शरद प्रधान, कल्याण पन्तलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच