काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि हालसम्म तीनवटा क्लबले आफ्ना ‘मार्की’ खेलाडीलाई सुरक्षित गरेका छन् । सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स र चितवन राइनोजले आफ्ना मार्की खेलाडीसहित केही ‘रिटेन’ (आफैंसँग राख्ने) र ‘रिलिज’ (अन्य क्लबमा जान स्वतन्त्र छाड्ने) गरेका छन् ।
लुम्बिनी लायन्सले एनपिएलको दोस्रो संस्करणका लागि ६ जना प्रमुख खेलाडीलाई रिटेन गर्ने निर्णय लिएको छ । लुम्बिनी लायन्सले ‘मार्की’ खेलाडीका रूपमा रोहितकुमार पौडेललाई यथावत् राखेको छ । रोहित राष्ट्रिय टोलीका कप्तान पनि हुनुहुन्छ । लुम्बिनी लायन्सले रोहितसँगै विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलक राजभण्डारी र अभिषेक गौतमलाई टोलीमै राख्ने निर्णय गरेको छ । लुम्बिनीले सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, विकास अग्री र आरिफ खानलाई भने रिलिज गर्ने निर्णय लिएको छ ।
क्लबले आगामी सिजनको एनपिएलका लागि विदेशी खेलाडीको छनोट पनि स्तरीयताका आधारमा गर्ने जनाएको छ । ‘आगामी सिजनका लागि सशक्त टोली निर्माण गर्ने दिशामा हामी स-साना कुरामा पनि ध्यान दिनेछौं । राम्रो क्रिकेट खेल्न, उत्कृष्ट नतिजा दिन र समर्थकको अपेक्षा पूरा गर्न हामी निरन्तर लागिरहेका छौं,’ क्लबले भनेको छ । त्यसअघि चितवन राइनोजले पनि ‘मार्की’ खेलाडीका रूपमा कुशल मल्ललाई आगामी सिजनका लागि आफैसँग राख्ने निर्णय गरेको थियो । ग्रेड ‘ए’ खेलाडी रिजन ढकाल र कमलसिंह ऐरीलाई पनि आगामी सिजनका लागि आफैंसँग राख्ने निर्णय चितवन राइनोजले गरेको थियो । यसैगरी, ग्रेड ‘बी’बाट दीपक बोहरा र अमरसिंह रौटेलालाई पनि चितवन राइनोजले दोस्रो संस्करणका लागि रिटेन गरेको थियो ।
चितवन राइनोजले आगामी सिजनका लागि ग्रेड ‘सी’बाट गौतम केसीलाई रिटेन गर्ने निर्णय लिएको थियो । यसैगरी, चितवन राइनोजले राष्ट्रिय टोलीका पूर्वसदस्य शरद भेषवाकरलाई भने रिलिज गरेको थियो । शरद ग्रेड ‘ए’ खेलाडी हुनुहुन्थ्यो । चितवन राइनोजले ग्रेड ‘बी’ का खेलाडी दीपेश श्रेष्ठ र विपिन रावललाई पनि रिलिज गरेको थियो । चितवन राइनोजले ग्रेड ‘सी’ मा रहेका सन्तोष कार्की र रञ्जित कुमारलाई पनि रिलिज गरेको थियो । यसका अतिरिक्त चितवन राइनोजले ट्यालेन्ट हन्टबाट जोडिएका खेलाडी सलाउद्दिन खानलाई पनि रिलिज गरेको थियो ।
त्यसअघि सुदूरपश्चिम रोयल्सले पनि आगामी सिजनका लागि ‘रिटेन’ र ‘रिलिज’ गर्ने खेलाडीको नामावली सार्वजनिक गरेको छ । सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरीलाई ‘मार्की’ खेलाडीमा यथावत् राख्ने निर्णय लिएको थियो । विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई पनि ‘रिटेन’ गर्ने निर्णय सुदूरपश्चिम रोयल्सले लिएको थियो ।
सुदूरपश्चिम रोयल्सले अर्जुन कुमाल, नरेश बुढाथोकी, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गर्ने निर्णय गरेको थियो । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपिएलको पहिलो उपाधि जनकपुरले जितेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच