काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले सूचनाको अभावले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले दुःख पाएको बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रम सञ्चार भन्ने पोर्टललाई प्रविधिहरूलाई बढाएर लैजाने बताउनुभयो । उहाँले प्रत्येक पालिकादेखि नियोगसम्म सूचना नेटवर्क बनाउन खोजिरहेको बताउनु भयो । उहाँले श्रम सञ्चारलाई नागरिक एपसँग समेत जोडिएको बताउनु भयो । मन्त्री भण्डारीले वैदेशिक रोजगारीका हरेक जानकारीहरूलाई नागरिकको हातमा पुग्नुपर्ने उद्देश्यसहित आफूहरूले काम गरेको बताउनु भयो ।
उहाँले सूचनाकै अभावले वैदेशिक रोजगारीको क्रममा नेपालीहरू ठगिने गरेको बताउँदै सूचना प्रणालीलाई प्रयोग गरेर अहिलेको प्रविधिलाई बलियो बनाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, “श्रम सञ्चार भन्ने पोर्टल जुन हामीले एनाउन्स गरेका छौँ, प्रविधिहरूलाई बढाएर लैजानुपर्ने हुन्छ । यो नेशनल लेबलको डिजिटल पोर्टल हो । यसका सेवाहरू हामी जोड्दै जान्छौँ । सेवा जोड्ने क्रममा प्रत्येक पालिकादेखि नियोगसम्म इन्फरमेसन नेटवर्क बनाउन खोजिरहेका छौँ । यसलाई हामी नागरिक एपसँग पनि जोडेका छौँ । के खालको वैदेशिक रोजगार, कुन कम्पनीले कहाँ ल्याएको छ भन्ने जानकारी हरेक नागरिकको हातमा पुग्नुपर्छ भन्ने हिसाबमा । यो क्षेत्रमा सूचनाको अभावले सबैभन्दा धेरै नेपालीहरूले दुःख पाएका छन् । सूचनाकै अभावले नेपालीहरू ठगिने गरेका छन् । सूचना प्रणालीलाई प्रयोग गरेर अहिलेको प्रविधिलाई बलियो बनाउँदैछौँ ।”
उहाँले जुन सुकै देशमा भए पनि नेपाली नागरिकले आफू नेपाली भएको अनुभूति गर्नुपर्ने र आफूहरूले त्यसो दायित्व बोक्नुपर्ने समेत बताउनु भयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच