रोल्पा । रोल्पामा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा रोल्पाको त्रिबेणी गाउँपालिका–३ छाप बस्ने अन्दाजी ३२ वर्षीय गोपीलाल वली रहेको बताइएको छ।
बिहीबार बिहान करिब ११ः१५ बजेको समयमा दाङ बाट रोल्पाको लिङ्दुङ तर्फ जादै गरेको रा १ ख ३२२२ न. को ट्रक रोल्पाको त्रिबेणि गाउँपालिका–४ निगालपानी बजारमा रोकिराखेको र सोही समयमा मादक पदार्थ सेवन गरेका मृतक वलि ट्रक मुनि गइ बसेको र चालकले ट्रक चलाउदा निज वलि घाइते भएका थिए ।
घाइते वलीलाई थप उपचारका लागि दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगि उपचार गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले चालक र ट्रक नियन्त्रणमा लिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…