रुपन्देही । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रुपन्देहीमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ८७ पुगेको छ ।
बुटवलको कालिका मानव ज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताउनु भयो ।
सुदर्शन न्यौपाने, अस्मिना पराजुली, प्रशंसा पराजुली, आशिष केसी, प्रतिक पौडेल, स्वरूप न्यौपाने, सुजन बाह्रघरे र राम शर्माले चार जीपीए ल्याएका हुन् । कालिका देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय हो । कालिकामा अहिले सेक्टर वान र सेन्टर टुमा गरेर ८ हजार विद्यार्थी अध्ययनरत रहेको प्रअ थापाले बताउनु भयो ।
यस्तै तिलोत्तमामा रहेको सामुदायिक स्कूल शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी रहेको विद्यालयका प्रअ कुल प्रसाद लामिछानेले बताउनु भयो । यस विद्यालयमा ५ हजार विद्यार्थी अध्यनरत रहेको विद्यालयले जनाएको छ ।
विद्यालयका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्र, सेलिना लामा, सौगात पाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ ।
त्यस्तै, रुपन्देहीकै सैनामैनामा नगरपालिकामा रहेको सैनामैना पर्रोहा परमेश्वर मावि चार जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । विद्यालयका दिनेश पौडेल, एकिन यादव, दिनेश गिरी र सफिया गौतमले चार जीपीए ल्याएका हुन् ।
त्यस्तै, बुटवलको कान्ति माविका छात्र सिजल पन्थीले पनि चार जीपीए ल्याएका छन् । बुटवलकै नवीन औद्योगिक कदरबहादुर रीता माविका छात्र आर्यन पौडेलले पनि फोर जीपीए ल्याएका छन् ।
त्यस्तै, यस क्षेत्रका संस्थागत विद्यालयतर्फ अब्बल मानिने न्यू होराइजन माविका ११ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । बुटवलकै अक्सफोर्ड माविका १० जना विद्यार्थीले पनि चार जीपीए हासिल गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनु भयो । देशभरबाट चार जीपीए ल्याउने विद्यार्थी ५४० छन् । जसमध्ये रुपन्देहीका मात्रै ८७ जना रहेका छन् । रुपन्देहीमा यस बर्ष २२ हजार ९ सय ७५ विद्यार्थीहरु सहभागी भएका थिए ।
यस पटक रुपन्देही जिल्लाबाट २२ हजार ९७५ जना विद्यार्थी एसईईमा सहभागी भएको शिक्षा कार्यलय रुपन्देहीले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच