काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद शुरु हुने बित्तिकै गालीगलौज गर्ने परम्पराको विकास हुँदै गएको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो आपत्ति जनाउनुभएको हो । संसदको कारबाही शुरु हुने बित्तिकै गालीगलौज गर्ने प्रवृत्तिका कारण संसदको मर्यादा गम्भीर रूपमा खल्बलिएको भन्दै तत्काल सुधारको गर्नुपर्ने बताउनु भयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुलाई लक्षित गर्दै केही सांसदहरूले चोर, फटाहा र मानव बेचुवा जस्ता अमर्यादित शब्द प्रयोग गर्ने क्रम बढेको उल्लेख गर्दै यस्तो कार्यले संसदीय मर्यादा कायम रहन नसक्ने बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणको बारेमा संसद र सरकार दुवैको ध्यानाकर्षण भइसकेको र समिति समेत गठन भइसकेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले संसदमा नियमित रुपमा संसदको कारबाही सुरु भएपछि उठ्ने र दैनिक गालीगलौज गर्ने प्रक्रिया संसदभित्र आरम्भ भएको छ । यहाँ चोर भन्ने, फटाहा भन्ने र मानव बेचुवा भन्ने जुन प्रक्रिया आरम्भ भएको छ, यसलाई अन्त्य गर्नैपर्छ । र यो हुन्जेलसम्म संसदको मर्यादा कायम रहन सक्दैन । यो कुरा संसदको ध्यानाकर्षण भइसकेको विषय हो । सरकारको गम्भिर ध्यानाकर्षण भएर समिति बनिसकेको अवस्था हो । यसरी गाली गलौज गर्ने प्रक्रियाको अन्त्य नभए हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ ।’
अब पनि संसद शुरु हुने बित्तिकै गालीलगलौज गर्ने प्रवृत्तिको अन्त्य नभए आफूहरु प्रतिवादमा उत्रिने उहाँको भनाइ छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच