काठमाडौं । नेपाली काँग्रेसका सभापति रामहरि खतिवडाले अवैधानिक काम काम गरेर पार्टी किन्ने र सांसद भइ सरकार र संसदलाई थर्काउने कुरा गलत भएको बताउनुभएको छ ।
।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । शनिवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुप्रति लक्षित गर्दै सांसद खतिवडाले सुमिरे टुर ट्राभल्सले भिजिट भिसाका नाममा अर्बौं रुपैयाँ ठगेको आरोप लगाउनुभएको थियो । साथै अनियमितता गरेर सांसद बनेर संसदमा आइ थर्काउने काम गरेको आरोप लगाउनु भयो ।
जसको जवाफमा आईतवारको बैठकमा रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेश गर्न चुनौति दिनुभयो । सुमिरे टुर ट्राभल्स आफ्नो कम्पनी भएको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘उहाँका श्रीमती हुण्डी गर्ने, अवैधानिक काम गर्ने, त्यो नाममा पार्टी किन्ने, किनेर सांसद हुने र यहाँ आएर संसददेखि सरकारलाई थर्काउने कुरा गलत छ । यो गलत कामको छानविन हुनुपर्छ भन्दा उहाँहरु आत्तिनुभएको छ । सरकारले छानविनको प्रक्रिया अघि बढाउनुपर्छ । सुमेरि ट्राभल्समा उहाँहरुले गरेका गतिविधि के छन्, निष्पक्ष छानविन होस् । छानविन गर्नुपर्छ भन्दा आत्तिएको देख्दा दालमा कुच काला है ।’
उहाँले निष्पक्ष छानविन गर्नुपर्छ भन्दा आत्तिनुले दालमा कुछ कालो रहेको स्पष्ट हुने बताउनु भयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच