काठमाडौं । नेपालकी एरिका गुरुङले थाइल्याण्ड ओपन कराँतेमा स्वर्ण पदक जित्नुभएको छ । उहाँले सिनियर महिला ६८ केजीमाथिको फाइनलमा घरेलु खेलाडी चनकन खियोखामलाई पराजित गर्नुभयो । प्रतियोगितामा नेपालका लागि अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् ।
यू-१२ पुरुष ३७ केजीमा सम्पन्न बस्नेतले रजत पदक जित्नुभयो । यस्तै, सिनियर पुरुष ७५ केजीमा राजिव पुडासैनी, सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी र सिनियर महिला ५५ केजीमा सविना श्रेष्ठले कांस्य पदक चुम्नुभयो ।
यता सिनियर महिला ५० केजीमा वर्षा बुढामगर, यू-१४ महिला ५२ केजीमा दिया तामाङ र पुरुष ४५ केजीमा आशिष हरिजन तथा यू-१४ पुरुष ५० केजीमा प्रजल थापाले पनि नेपाललाई कांस्य पदक दिलाएको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिनुभयो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…