पोखरा । गण्डकी कप राष्ट्रिय महिला हृयाण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले उचालेको छ । पोखरा रंगशालास्थित हृयाण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए । फाइनलमा आर्मीमाथि एपिएफ हावी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात् यो नै हृयाण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । उपाधिसँगै एपिएफले एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
सेमिफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमिफाइनलमा एपिएफले कोशी प्रदेशलाई २३-२ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै, आर्मीले गण्डकीलाई २१-१२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनलअघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११-५ ले हराउँदै नगद ३० हजार रुपैयाँ हात पार्न सफल रहृयो । सान्त्वना भएको गण्डकीले २० हजारमा चित्त बुझायो ।
१२ गतेदेखि १४ गतेसम्म चलेको प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित बागमती प्रदेश, मधेस प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश सहभागी थिए । यस्तै, विभागीय क्लब एपिएफ र आर्मीको सहभागिता रहेको प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा घोषित हुनुभयो । यस्तै, एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका सुशील अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरूलाई प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, हृयाण्डबलका पूर्वमुख्य प्रशिक्षक हिमाल दाहाल, एपिएफ नं. ४ बाहिनीपति डिआइजी दीपेन्द्र शाह, बुल्समेन क्लबका सचिव उदिम गुरूङ, भूपू खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरूङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरूङलगायतले नगद, मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिताको प्रवद्र्धकमा प्रदेश खेलकुद परिषद् गण्डकी रहेको थियो भने सह-प्रायोजकमा बुल्समेन क्लब र प्राविधिक सहयोग जिल्ला हृयाण्डबल संघ कास्कीको रहेको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच