काठमाडौं । साहित्यिक पत्रकार संघ र एकल व्यक्तित्व समाज नेपालकोे आयोजनमा भएको कविता वाचन कार्यक्रममा दुई दर्जक कविका कविता गुञ्जिएका छन् । शनिबार काठमाडौं अनामनगरको डालो रेस्टुरेन्टमा आयोजना गरिएको साहित्यिक कार्यक्रममा दुई दर्जन बढी कविता वाचन भएका हुन् ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै कविता वाचन गर्नुभएको थियो भने एकल व्यक्तित्व समाज नेपालका अध्यक्ष कपिल लोहनीले स्वागत तथा शारदा मासिकका प्रधान सम्पादक विमल भौकाजीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रमुख अतिथि बिना नै आयोजित सो कार्यक्रममा वरिष्ठ आख्यानकार पुष्कर लोहनी र संघका अध्यक्ष लेकालीबाट दीप प्रज्वलन गरी सुरु गरिएको कार्यक्रममा विमल भौकाजी तथा कपिल लोहनीद्वारा सम्पादित एकल व्यक्तित्व समाज नेपालको स्मारिका २०८२ ‘अभिवादन’को सामूहिक लोकार्पण गरिएको थियो ।
कार्यक्रममा कविहरू प्रमोद प्रधान, किशोर पहाडी, रवीन्द्र मिश्र, पुष्कर लोहनी, सुभाषचन्द्र ढुंगेल, विमल भौकाजी, नन्दु उप्रेती, पवन आलोक, लोचन भट्टराई, केशव सिग्देल, मञ्जिला अनिल, उषा केसी, सविता श्रेष्ठ बेहोसी, कमला रिसाल, प्रमोद ढुंगाना, रितु कँडेल, दिव्य गिरी, सुनिता शर्मा उप्रेती, प्रकाश कुइँकेल, सावित्री लामा, पवनकुमार बुढाथोकी, नीना लोहनी, दामोदर लामिछाने, शुलीला गौतमलगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।







उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी