नेपालको संवैधानिक राजतन्त्रले विश्राम पाएको दुई दशक हुन लाग्यो । गणतन्त्रको आगमनसँगै राजतन्त्रले विश्राम पाएको हो । राजतन्त्रका तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता जनताको हातमा सुम्पेर आफूलाई राज्यले दिएको सुविधामा सीमित राखे । उनी नेपालको नागरिक भएर बाँच्ने अठोटमा आफूलाई उतारे । सजिलो तरिकाले गणतन्त्रको स्वागत गरेका उनी आफू र आफ्नो परिवार तथा व्यापारलाई गति दिने उद्देश्यमा सक्रिय रहे । केही समय मौन रहे । तर उनलाई फेरि राजतन्त्रको भूतले सतायो । गणतन्त्रका बिरुद्धमा वकालत गर्दै हिँडे । मलाई साथ दिनुहोस् भन्दै नेपाली जनतासित आहृवान गरे । उनसित गणतन्त्रलाई स्वीकार गरेर बस्ने अभिलाषा मनमा देखिएन ।
देशको अवस्थाका बारेमा चिन्तित थिए वा आफूलाई राजा बनाएर विराजमान हुने अभिलाषा थियो उनले नै जानेका होलान् ? तर उनको सक्रियता हृवातै बढेको देखियो । केही हदसम्म गणतन्त्रका विरुद्धमा आफू र आफ्ना समर्थकलाई उभ्याउन सफल पनि भए । उनले आन्दोलनका माध्यमबाट नै गणतन्त्रलाई बिसर्जन गरेर राजतन्त्र फर्काउने भावनामा समर्पित गरे । यो उनमा देखापरेको सत्तामोह थियो । सत्ताको बाग्डोर समालेका राजनीतिक दल पनि राजतन्त्रको पक्षमा देखिएको जुलुस वा भिडलाई देखेर नियन्त्रण गर्न नसकिने पो हो कि ? भन्नेमा अन्यमनस्क बने । राजनीतिक दलमा देखापरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमात्र उनका पक्षमा खुलेर लाग्यो । सफल भइन्छ भन्ने विश्वासमा उक्त दल केन्द्रित रहेको देखियो । सफलता हाम्रो हातमा छ भन्ने विश्वास उक्त पार्टीले नेपालको गणतन्त्रलाई समाप्त पार्ने मान्यता बोकेको थियो । तर सफलता उसको हातमा आएन र उडायो सपना सबै हुरीले भन्ने गीतलाई सार्थक बनाएर बसेको देखियो ।
किन छिरलिए राजतन्त्रवादी
राजतन्त्र आफैंमा नराम्रो शासन प्रणाली होइन । जब राजगद्दीमा बसेको राजा आफूलाई तानाशाहका रूपमा उभ्याउन थाल्छ तब तानाशाहप्रतिको दृष्टिकोणमा परिवर्तनको लहर चल्दछ यो सत्य हो । यही भएको थियो नेपालको राजतन्त्रले विश्राम पाउनुमा पनि । आफूलाई शासकको उच्च पदमा आसीन बनाएका ज्ञानेन्द्रले प्रत्यक्ष शासनको अनुभवमा राख्ने प्रयास गरे । यो नै उनको जीवनको वचपन थियो । राजहठलाई कसैले पनि रोक्न सक्दैन भन्ने अनुभवका आधारमा राजनीतिमा समाप्त भएका व्यक्तिलाई जिम्मेवारी दिए । उनका लागि त्यही नै घातक सिद्ध भयो । उनका सपना पनि तत्कालीन सात दलले समाप्त पारिदिए ।
शासकको उच्च पदमा आसीन बनाएका ज्ञानेन्द्रले प्रत्यक्ष शासनको अनुभवमा राख्ने प्रयास गरे । यो नै उनको जीवनको वचपन थियो । राजहठलाई कसैले पनि रोक्न सक्दैन भन्ने अनुभवका आधारमा राजनीतिमा समाप्त भएका व्यक्तिलाई जिम्मेवारी दिए । उनका लागि त्यही नै घातक सिद्ध भयो । उनका सपना पनि तत्कालीन सात दलले समाप्त पारिदिए ।
राजतन्त्र समाप्त भएपछि पनि नेपालमा दुई पटक संविधानसभाको निर्वाचन भयो । जनताको संविधान बन्यो । उक्त संविधानलाई टेकेर दुई पटक सावधिक निर्वाचन पनि भयो । आज हामी गणतन्त्रको वकालत गर्न र गणतन्त्रले गरेका विकासमा रमिरहेका छौं । गणतन्त्रको आगमनसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन मुखिया कमल थापाले आफूलाई सदा गणतन्त्रको विरुद्धमा उभ्याए । उनले पार्टीमा आफूलाई कहिले पनि दोस्रो वरियतामा राख्न चाहेनन् । पार्टीको महाधिवेशनबाट हार खाएका उनी एमालेको वैशाखीमा आफूलाई फेरि प्रतिनिधिसभामा उभिन सक्छु भन्ने विश्वास लागेको थियो तर चुनाव हारे । उनी अहिले राजतन्त्रको वकालत गर्दै हिँडेका छन् ।
राष्ट्रिय प्रजातन्त्रपार्टीका मुखिया राजेन्द्र लिङ्देल आज राजतन्त्र नेपालमा आवश्यक छ भन्दै आफूलाई प्रमुख राजावादी स्वीकार गरेका छन् । राजतन्त्र मेरो रगत र नसानसामा बसेको छ भन्ने दृष्टिकोणमा उनी आफूलाई उभ्याइरहेका छन् । तर उनलाई राजतन्त्र फर्काउने आन्दोलनको मुखियामा ज्ञानेन्द्र शाहले विश्वास गरेनन् । आन्दोलनको नेतृत्व वयोवृद्ध नवराज सुवेदीका हातमा गयो । उनलाई नेताका रूपमा स्वीकार पनि गरे । आन्दोलनका मुखिया जो जस्तो भए पनि राजतन्त्र नै उनीहरूको पहिचान बन्यो । उनीहरू आफू आफ्ना कार्यकर्ता तथा गणतन्त्रप्रति असन्तोष बनेका व्यक्तिलाई उतारेर आन्दोलनको बिगुल फुक्न सफल भए । आन्दोलन चर्कियो । गणतन्त्रका मलामी हामी भन्दै उत्रिए सडकमा राजावादी र तिनका समर्थक । चर्काचर्का भाषण पनि गरे । जेठको १५ गतेभित्र राजतन्त्र फर्काइछोड्ने वाचामा समर्पित भए । ज्ञानेन्द्रलाई नारायणहिटी नारायणको दर्शन पनि गराए । आन्दोलनको मौकामा आफूलाई अब्बल ठान्ने दुर्गा प्रसाईंले जुन किसिमको अटेरी अवस्था देखाए त्यसकारण आज पनि उनी थुनामा छन् ।
आज आएर राजतन्त्रवादी छिरोलिए । नवराज सुवेदीलाई नायक मान्ने पक्षमा राष्ट्रिय प्रजातन्त्रपार्टी देखिएन । आन्दोलनको नीतिलाई परिवर्तन गर्न बसेको राजावादीहरूको बैठकमा बबण्डर सिर्जना भयो । राष्ट्रिय प्रजातन्त्रपार्टीका मुखिया उक्त बैठकमा सामेल भएनन् । राजतन्त्रको वकालत गरिरहेका युवाले नवराज सुवेदीको नेतृत्व असफल भएको उद्घोष गरे । यो अवस्थामा र यस किसिमको नेतृत्वबाट राजतन्त्र नफर्किने निष्कर्ष निकाले । त्यहीँबाट नै राजतन्त्रको नेतृत्व छिरलियो । उनीहरू एकतामा बाँधिन सकेका छैनन् । एकसूत्रमा आफूलाई उभ्याउन सकेका पनि छैनन् । एकले अर्काको नेतृत्व स्वीकार गर्न नसक्नु नै यिनीहरूमा देखापरेको समस्या हो । यही समस्या र आफ्नो अहंका कारण राजतन्त्र फर्काउने आन्दोलन छिरलिएको छ ।
ढुक्क गणतन्त्रवादी
राजतन्त्रका लागि गरिएको आन्दोलन आफै तितरवितर भएपछि गणतन्त्रवादीहरू ढुक्क बनेका छन् । उनीहरू आफूलाई शासनमा निर्विकल्प मान्न उद्दत देखिए । गणतन्त्रको विकल्प राजतन्त्र होइन र हुन पनि सक्दैन भन्ने विश्वासमा गणतन्त्रवादी उभिनुलाई राम्रो नै मानिन्छ । तर गणतन्त्रको विकल्प किन खोजियो भन्ने सन्दर्भमा भने गणतन्त्रवादीहरूका घैँटोमा घाम लागेको देखिएन । गणतन्त्रवादीहरू सरकार बनाउने र सरकारको नेतृत्वमा आफू जानुपर्ने होडले पिडित देखापरेका छन् । उनीहरू पनि एक अर्काको नेृतृत्वलाई स्वीकार गर्ने पक्षमा देखापरेका छैनन् । लाज पचाएर भए पनि दिनदिनै आफूलाई सत्तामा राखेर आफ्नो पार्टी र आफ्नो खल्ती भरिरहेका छन् । गणतन्त्रले जनताका मागलाई सम्बोधन गर्नुपर्ने हो । जनताका मागलाई थाती राखेर आफ्नो दुनो सोझ्याउने पक्षमा नै उनीहरूको राजनीति गतिशील बनेको देखिन्छ ।
संवैधानिक अधिकारमा पनि हस्तक्षेप गर्ने प्रवृति सरकारमा देखापरेको छ । विकास र जनताको मागलाई सम्बोधन गरेर गणतन्त्रलाई सुदृढ बनाउनुभन्दा पनि आफ्ना विरोधीलाई सिद्धाउने खेलमा अहिले गणतन्त्रका मुखियाहरू देखापरेका छन् । बजेटको विनियोजनमा संसद भवनमा नै सत्तासीन पार्टीका सांसदले उठाएको कुरा सुन्दा त देशको बजेट मात्र पाँच जिल्लामा वितरण भएको देखियो । यही हो र गणतन्त्रको विकास ।
गणतन्त्र ल्याउन मरिमेटेर शासनको बाग्डोर समालेका उनीहरूमा सत्ता परिवर्तन र सत्ताको मोहले जनतामा नकारात्मक असर परेको देखिन्छ । उनीहरू जनताको काममा भन्दा आफूलाई सदा सत्तासीन कसरी बनाउने भन्ने उद्देश्यले ग्रसित देखापरेका छन् । जनताका मागको सम्बोधनलाई सामान्यरूपमा सम्बोधन नगरेका होइनन् । तर उनीहरूको शासकीय माध्यम र मान्यता भने आफ्नालाई पोस्ने खालको देखापरेको छ । राजनीतिमा सेवालाई प्राथमिकतामा राख्नुपर्ने हो तर त्यसो हुनसकेको देखिँदैन । हरेक क्षेत्रमा देखिएको भ्रष्टाचारको जालोलाई चिर्न असफल देखापरेका छन् । सबै ठाउँमा भ्रष्टाचारको जालोले जकडिएको छ नेपाल र नेपालको राजनीति । शबदाह गृहमा समेत भ्रष्टाचार भयो भनेर समाचार बाहिर आएका छन् । यसले राजनीतिमा देखिएको अस्वस्थतालाई बाहिर ल्याएको छ । राजनीतिका माध्यमबाट गरिने नियुक्तिमा आफन्तवादले जरा गाडेर बसेको देखिन्छ । कुनै पनि नियुक्ति पाउनका लागि नजराना नदिएसम्म हुँदैन भन्ने चर्चाले सामाजिक सञ्जाल र समाचारपत्र रङ्गिएका देखिन्छन् । शासन अनुदार बनेको छ । आफूलाई र आफ्नालाई विरोध गर्ने व्यक्तिलाई थुनामा पठाउन उद्दत देखिन्छ सरकार किन ?
गणतन्त्रमा आफ्ना कुरालाई राख्ने अधिकार संविधानले सुरक्षित गरेको छ । आफ्ना भावनालाई सामाजिक सञ्जाल वा समाचारका माध्यमबाट जनतालाई सुसूचित गर्न पाइन्छ । तर संवैधानिक अधिकारमा पनि हस्तक्षेप गर्ने प्रवृति सरकारमा देखापरेको छ । विकास र जनताको मागलाई सम्बोधन गरेर गणतन्त्रलाई सुदृढ बनाउनुभन्दा पनि आफ्ना विरोधीलाई सिद्धाउने खेलमा अहिले गणतन्त्रका मुखियाहरू देखापरेका छन् । बजेटको विनियोजनमा संसद भवनमा नै सत्तासीन पार्टीका सांसदले उठाएको कुरा सुन्दा त देशको बजेट मात्र पाँच जिल्लामा वितरण भएको देखियो । यही हो र गणतन्त्रको विकास । गणतन्त्रले दिने विकास देश र जनताका हितमा हुनुपर्ने होइन र ? किन त्यसो हुनसकेन । यो राजनीतिका पण्डितलाई नै जानकारी हुने विषय भयो । राजनीतिलाई सेवाको भावनाबाट हेर्न किन सकेनन् नेताले । यो सोचनीय विषय बनेको देखिन्छ । राजनीतिमा सामान् अवसर सबैले पाउनुपर्ने होइन र ? किन पाएनन् समान अवसर जनताले र जनताका छोराछोरीले यो विभेद होइन र ?
नेपालको राजनीतिमा देश र जनतालाई सबैभन्दा उच्च दर्जामा राख्ने राजनेताको अभाव देखियो । सबै पार्टीका मुखियाले आफूलाई राजनेता मानेका छन् तर जनताका नजरमा ती व्यक्ति राजनेता बन्न सकेको देखिँदैन । राजनेता नपाउनु नै आजको नेपालका लागि गणतन्त्रप्रतिको आक्रोश हो । यही आक्रोशलाई समाप्त पार्नका लागि निरन्तर विकास जनताले खोजेका हुन् । निर्वाचन अब पनि फेरि आउनेछ । निर्वाचनमा बालिग मताधिकारको अधिकार जनतामा सुरक्षित संविधानले राखेको छ । संसद् भवनमै सांसदले पशुपतिनाथ र बुद्धसित प्रार्थना गरेर अर्थ र शहरी विकास मन्त्रीलाई चौरासीमा देख्न नपरोस् भन्नुलाई गणतन्त्रको महान उपलब्धि मान्न सकिन्छ र ? गणतन्त्रवादीहरू राजतन्त्रवादी छिरोलिएका हुन् । आफ्नो राजतन्त्रप्रतिको विश्वासलाई समाप्त पारेका होइनन् । चेतना भए आखाँ खोल, गणतन्त्रलाई सुदृढ र व्यवस्थित बनाउन सक्रिय भूमिकामा आफूलाई उभ्याऊ । भ्रष्टाचार र कमाउनमा आफूलाई राजनीतिमा न उतार । तिमीहरू पनि राजावादीहरू जस्तै छिरोलिन धेरै समय लाग्ने छैन । चेतना भया ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि