काठमाडौं । काठमाडौं कुमारीगालस्थित इलिक्सर एकेडेमीले संस्कारसहितको शिक्षालाई विशेष महत्व दिएको छ । स्थापनाकालदेखि नै विद्यार्थीको सर्वांगिण विकासलाई ध्यानमा राख्दै आफ्ना क्रियाकलाप सञ्चालन गरिरहेको विद्यालयका प्रिन्सिपल रविन दाहाल सर्वोत्कृष्टताको निरन्तरता हुनुमा एउटा ओदानका तीनवटा खुट्टा जस्तै अभिभावक, विद्यार्थी र विद्यालयबीचको पारस्परिक सहयोग नै रहेको बताउनुहुन्छ ।
२०६७ सालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको विद्यालयले २०८१ सालमा उच्च सफलता हासिल गरेको छ । यसअघि २०७८ सालको एसइई परीक्षामा पनि काठमाडौं जिल्लामा प्रथम भई काठमाडौं महानगरपालिकाबाट नगद पुरस्कारसहित सर्वोत्कृष्ट विद्यालय पुरस्कार प्राप्त गरेको थियो ।
त्यस्तै, २०८० सालको एसइई परीक्षामा समेत काठमाडौं जिल्ला प्रथम भई प्याब्सन काठमाडौंद्वारा उत्कृष्ट विद्यालय सम्मान २०८० प्राप्त गरेको थियो । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजाअनुसार यस वर्ष इलिक्सर एकेडेमीबाट एसइईमा सहभागी ३८ विद्यार्थीमध्ये १८ जनाले चार जिपिएसहित शतप्रतिशत विद्यार्थीले ३.७३ भन्दा माथि अंक प्राप्त गर्न सफल भएका विद्यालयले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…