
अर्घाखाँची । अर्घाखाँची जिल्लामा दुई युवतीबीच समलिंगी विवाह सम्पन्न भएको छ । विवाहपश्चात् उक्त जोडीले विवाहलाई स्थानीय वडामा विधिवत् रूपमा दर्ता गराएका छन् ।
भुमिकास्थान नगरपालिका निवासी २३ वर्षीया फुलमाया (नाम परिवर्तन) र कपिलवस्तु नगरपालिका निवासी २० वर्षीया निरमाया (नाम परिवर्तन) ले २०८२ साल जेठ १८ गते विवाह गरेका हुन् ।
विवाहपछि उनीहरू सम्बन्धित कागजातसहित स्थानीय वडा कार्यालयमा विवाह दर्ताका लागि पुगेका थिए । कार्यालयसचिवका अनुसार, ‘सुरुवातमा केही अन्योल भए पनि सम्बन्धित निकायहरूसँग आवश्यक परामर्श लिएपछि विवाह दर्ता गरिएको हो ।’
विवाह दर्ता प्रमाणपत्रमा फुलमायाँलाई 'दुलाहा' र निरमायाँलाई 'दुलही' भनेर उल्लेख गरिएको छ ।
उनीहरूबीच करिब डेढ वर्षअघिदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । पछिल्ला वर्षहरूमा नेपालमा समलिंगी विवाहलाई कानुनी मान्यता दिने प्रयासहरू अघि बढेसँगै यस्ता विवाहहरू अस्थायी रूपमा भए पनि स्थानीय तहबाट दर्ता गर्न थालिएको छ ।
त्यसैअनुसार, सम्बन्धित वडाले ‘समलिंगी विवाहका लागि छुट्टै रजिस्टर’मार्फत यो विवाहलाई दर्ता गरेको हो । हाललाई दुबै पक्षको गोपनीयताको अनुरोधअनुसार उनीहरूको वास्तविक परिचय सार्वजनिक गरिएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच