जनताको बहुदलीय जनवाद (जबज) का प्रतिपादक मदन भण्डारीले एकपटक भनेका थिए, ‘राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैनन् ।’ वर्तमान सन्दर्भमा यो भनाइ पुनः सान्दर्भिक देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको सम्बन्ध असार १४ गतेसम्म ‘मित्रवत्’ मानिन्थ्यो । पर्दामा देखिएको र विश्लेषकहरूले व्याख्या गरेको सम्बन्ध पनि ‘सुमधुर’ कै रूपमा बुझिन्थ्यो । तर, असार १४ गते मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रियसभा गृहमा विद्या भण्डारीले जब घोषणा गरिन्, ‘म एमालेको सक्रिय राजनीतिमा आइसकेकी छु, पार्टी सदस्यता नवीकरण गरिसकेको छु’, त्यसले सम्बन्धको सतहमा देखिएको मैत्रीभावमा स्पष्ट दरार कोरिदियो । ओली-भण्डारी सम्बन्ध अब प्रतिस्पर्धात्मक मोडमा प्रवेश गरेको संकेत त्यही क्षणबाट सुरु भयो ।
भण्डारीको सक्रिय राजनीति प्रवेश कुनै आकस्मिक कदम होइन, विगतदेखि नै तयारीसहितको प्रक्रिया हो भन्ने राजनीतिक वृत्तमा आम बुझाइ छ । एमालेको मोरङ जिल्ला अधिवेशनदेखि नै ओली र भण्डारीबीचको दूरी देखिन थालेको हो । त्यतिबेला पार्टीले त्यसलाई ढाकछोप गरे पनि भित्री मतभेद सतहमा आउन थालेको थियो ।
राष्ट्रपतिबाट निवृत्त भएपछि विद्यादेवी भण्डारी एमालेमा फर्कने चर्चा लगातार चल्दै आएको थियो । उनको चीन भ्रमणपछि त्यो चर्चा झन् तीव्र बन्यो । चीनबाट फर्किएपछि कम्युनिष्ट एकताको सन्देशसहित भण्डारीको सक्रियता देखिन थालेको थियो । ओलीले त्यसपछि भण्डारीप्रति व्यंग्यात्मक टिप्पणी गर्न थालेका थिए । राष्ट्रियसभा गृहको वातावरणमा पनि भण्डारीले शान्त रूपमा ती कटाक्ष नियालिन् र आफ्ना कदमले ती व्यंग्यको प्रतिउत्तर दिइन् ।
भण्डारीको सक्रिय राजनीति प्रवेश कुनै आकस्मिक कदम होइन, विगतदेखि नै तयारीसहितको प्रक्रिया हो भन्ने राजनीतिक वृत्तमा आमबुझाइ छ । एमालेको मोरङ जिल्ला अधिवेशनदेखि नै ओली र भण्डारीबीचको दूरी देखिन थालेको हो । त्यतिबेला पार्टीले त्यसलाई ढाकछोप गरे पनि भित्री मतभेद सतहमा आउन थालेको थियो ।
जेठ २३ गते विराटनगर हुँदै झापा आउँदा भण्डारीसँग एमाले मोरङ सचिव सोमराज थापा निरन्तर साथमा थिए । कोशी प्रदेश इन्चार्ज शेरधन राईले समेत विभिन्न कार्यक्रममा भण्डारीलाई स्वागत गरे । बिर्तामोडको कार्यक्रमका दौरान सचिव थापाले तीन दिनदेखि भण्डारीसँगै रहेको बताएका थिए । त्यो उपस्थितिले भण्डारीको आगमन अब टाढा छैन भन्ने सन्देश दिएको थियो । यद्यपि अधिकांश नेताहरूले औपचारिक रूपमा मुख खोल्न चाहेनन्, तर उनीहरूको मौन समर्थन स्पष्ट देखिन्थ्यो । राईले भण्डारीसँग गहिरो राजनीतिक कुराकानी नभएको स्पष्टीकरण दिँदै आफू भोजपुरका जनप्रतिनिधिको नाताले स्वागत गरेको बताएका थिए ।
भण्डारीले पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै एमालेभित्र उनको भूमिकाबारे बहस सुरु भएको छ । राईले भनेका छन्, ‘पार्टीमा उहाँलाई कहाँ फिट गर्ने भन्ने निर्णय नेतृत्वले विवेकपूर्वक गर्नुपर्छ ।’ ओली-भण्डारी प्रतिस्पर्धा होइन, सहकार्यको रूपमा हेर्नुपर्ने उनको सुझाव छ । पार्टीमा भण्डारीको ‘सम्मानजनक स्पेस’ सुनिश्चित गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन् । उनको भनाइबाट भण्डारीको पक्षधरता झल्किन्छ । ‘पार्टीमा समस्या आयो भने भण्डारी त्यसको समाधानकर्ता बन्न सक्नुहुन्छ’, भन्ने उनको भनाइले भण्डारीलाई ‘सेतु’ को रूपमा चित्रण गर्छ ।
भण्डारीको घोषणासँगै ओलीको पार्टीभित्रको एकछत्र वर्चस्वमा चुनौती आएको देखिन्छ । समान हैसियतका दुई ‘टावर’ खडा भएसँगै राजनीतिक असहजता सिर्जना हुनु स्वाभाविक हो । भण्डारीले बाहिर भने ‘विशिष्ट इच्छा छैन’ भन्नुभए पनि विगतको तयारी, गतिविधि र समन्वयले उहाँ अध्यक्षीय प्रतिस्पर्धाका लागि तयारी अवस्थामा हुनुहुन्छ भन्ने सन्देश दिन्छ ।
भण्डारीको सक्रियताले पार्टीभित्र दुई पोल खडा नहोओस् भन्ने चाहना नेतृत्व तहमा देखिए पनि त्यो सजिलो भने नदेखिने संकेतहरू छन् । युवा नेता पर्वत भण्डारीले भण्डारीको पार्टी प्रवेशलाई ‘नेतृत्वको आवश्यकता’ को परिणाम भनेका छन् । प्रधानमन्त्री केपी ओलीले दुई कार्यकाल पार्टी अध्यक्ष भइसकेका र ७० वर्षे उमेरहदका कारण पनि अध्यक्ष बन्ने सम्भावना कम रहेकाले भण्डारीको निर्णय उपयुक्त भएको उनी बताउँछन् ।
‘चकटीमा बसेर पनि जनताको सेवा गर्नुपर्छ’ भन्ने मदन भण्डारीको भनाइ स्मरण गर्दै पर्वत भण्डारीले भने, ‘विकल्पको खोजी भइरहेका बेला विद्या भण्डारीको उपस्थितिले आवश्यकताको पूर्ति भएको छ ।’ वर्तमान विधानअनुसार एमालेमा ७० वर्षे उमेरहद लागू हुने हो भने, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्ष बन्ने सम्भावना पनि स्वतः अन्त्य हुन्छ । उनले आफैं ७२ वर्ष पुगेको सार्वजनिक रूपमा स्वीकार गरिसकेका छन् । पोखरेलले उमेरहदको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने अडान राख्दै आएका छन् । यसै सन्दर्भमा एमालेका एक केन्द्रीय नेताले भनेका छन्, ‘अबको अध्यक्ष विद्या भण्डारी नै हो । ओलीको विकल्पसहित लामो गृहकार्यपछि उहाँ पार्टीमा फर्कनु भएको हो । सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना बलियो छ ।’
भण्डारीको घोषणासँगै ओलीको पार्टीभित्रको एकछत्र वर्चस्वमा चुनौती आएको देखिन्छ । समान हैसियतका दुई ‘टावर’ खडा भएसँगै राजनीतिक असहजता सिर्जना हुनु स्वाभाविक हो । भण्डारीले बाहिर भने ‘विशिष्ट इच्छा छैन’ भन्नुभए पनि विगतको तयारी, गतिविधि र समन्वयले उहाँ अध्यक्षीय प्रतिस्पर्धाका लागि तयारी अवस्थामा हुनुहुन्छ भन्ने सन्देश दिन्छ । राष्ट्रपतिको उच्च पदमा रही सकेपछि पुनः पार्टी राजनीतिमा फर्कने घटना अन्तर्राष्ट्रिय राजनीतिमा विरलै पाइन्छ । विद्या भण्डारीको यो कदमले एमालेभित्र नयाँ समीकरण र बहसको शृंखला सुरु गरेको छ, जसको परिणाम विधान महाधिवेशन र नेतृत्व चयन प्रक्रियाले निर्धारण गर्नेछ ।







दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७