नेपालमा पछिल्ला केही महिनामा खास गरी २०८१ को फागुनदेखि नै पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई पुनः राजा बनाइदिनलाई सहयोगको याचना प्रत्यक्ष रूपमा जनतासँग गरेयता उनका समर्थकहरूबाट देशको राजनीतिक मनोदशामा शासकहरूको उथलपुथल भइरहेकै हो । यसैबीच माओवादीसँग सम्बन्धित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनकै कार्यकालकी एमालेबाट दुईचोटि राष्ट्रपति बनिसक्नुभएकी विद्यादेवी भण्डारीहरूले सक्रिय राजनीतिमा पुनः उत्रने वक्तव्य दिनुभएदेखि माओवादीमा खास समर्थन वा विरोधको आवाज नसुनिए पनि एमालेमा भने चर्को विरोध र उग्र समर्थन पनि देखिन्छ । यो लेख यसै सेरोफेरोमा आधारित छ । यो प्रकाश पार्नलाई यसले के देखाउँछ र भविष्यमा के असर पार्न सक्छन् ?
पूर्वराजामा अतृप्त राजनीतिक भोक
२००७ सालतिर सुरसण्ड, विहार, भारतनिवासी तथा नेपालका लागि भारतीय राजदूत सर सिपिएन सिंहको ‘राजा हमेसा दरबार में नहीं रहते हैं, कभि कभि शिकार खेल्ने परिवार के साथ जंगल भी जाते हूैं’ को इसाराले राणाहरूको अघोषित कैदबाट तात्कालीन राजा त्रिभुवनको दिमागमा बत्ती बल्यो । लगभग डेढ वर्षका नाति ज्ञानेन्द्र शाहलाई मावलीमै छोडेर राजा त्रिभुवन हतार हतारमा सपरिवार दुईटा गाडीबाट शिकार खेल्ने देखावटी बाहनामा दरबारबाट त निस्के तर भारतीय दूतावासमा शरणका लागि प्रवेश गरेपछि काकतालीमा राणाहरूले उनै ज्ञानेन्द्र शाहलाई राजा बनाएका थिए । दिल्लीमा राजा, राणा र नेपाली कांग्रेस वा भनौं दलबीच त्रिपक्षीय सम्झौता भारतको रोहवरमा भएपछि पुनः नेपालमा राजा त्रिभुवन पदमा बहाल भएरपछि वंश परम्परामा उनका छोरा महेन्द्र र नाति वीरेन्द्र शाहहरू राजा भए ।
एमालेमा व्यक्ति विशेषको रूपमा केपी ओलीले राष्ट्रपतिमा विद्या रहे पनि स्वतन्त्र काम गर्न नदिएका, ओलीको नेताहरूप्रति तुष पालेर गरिने व्यवहार, अहंकारी भावना, बदलाको भाव आदिले गर्दा एमालेमा आन्तरिक लोकतन्त्र करिब समाप्त भएको र विभिन्न अपराधमा संलग्नहरू मात्रको पद, सुरक्षा, अवसर देखेर दलको भविष्यप्रति आमकार्यकर्तामा व्यापक चिन्ता छ ।
प्रायः १९ गते ज्ञानेन्द्र शाहले हरेक कर्म गर्ने विशेष गते हो । २०५८ जेठ १९ गते नै के कसरी हो राजा वीरेन्द्रको सपरिवारको वंशनाश रहस्यमय ढंगले भयो । पदले अतृप्त ज्ञानेन्द्र शाह आफूद्वारा राज्यको दोहन गर्न व्यग्र प्रतीक्षारतहरूको सहयोगमा भतिज दीपेन्द्रलाई मृत अवस्थामै जीवितै रहेको देखाएर पहिला राज्यसहायक र पछि क्लिनिकल्ली डेथ देखाएर राजामा घोषित भएका थिए । मृतलाई जीवित भन्न लगाउनु ज्ञानेन्द्रको क्षम्य र सर्वज्ञात बाध्यता देश राजाविहीन रहनुहुँदैन भन्ने मान्यता थियो तर अन्य षड्यन्त्रकारी बाध्यता पनि धेरै थिए जुन पर्दापछाडिबाट परिचालित थिए र अनुसन्धानको विषय हुन् ।
दाइ, बाउ, बाजे जस्तो देशमा सक्रिय राजा भई राजतन्त्र चलाउन नपाएको अतृप्तता र आफ्नो कारणले राजसंस्था गुमेकाले परिवारको के होला भन्ठानेर ज्ञानेन्द्र शाहमा मनोवैज्ञानिक छट्पटी छ जुन कुनै मन्दिरमा गएर नियमित ध्यान, योगले राजभोग शान्त हुनेछ । तर २१औं शताब्दिमा संसारभर लोकतान्त्रिक गणतन्त्रको वातावरणमा पनि तेस्रो पटक पुनः राजा बन्नेछु भन्ने तृष्णा ज्ञानेन्द्र शाहमा छ । मान्छे ठूलो भइसकेपछि पनि बचपनको खेलौनाले वर्षातको पानीमा फेरि खेल्नेछु जस्तो मानसिक कुरालाई हास्याष्पद रूपमा प्रकट गर्नु हो । उनको बुद्धिमत्ता पनि यसैमा छ किनकि उनीमाथि नराम्रो धारणा उनकै विगतले गर्दा जनतामा परेको छ जसलाई नामेट पार्न असम्भव छ ।
कम्युनिष्ट पार्टीका पूर्वहरूमा पदको भोक
माओवादीबाट पूर्वउपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई सारिँदा उनी क्यान्सर पीडित रहेका र कुनै पनि पद नपाएकाले सम्मान गर्नलाई आरामदायी पदमा पठाउन लागिएको कुरो आएको थियो । तर, नेपालको इतिहासमा माओवादी नामक दश वर्षे सशस्त्र द्वन्द्वको अमानवीय, छलकपट, व्यक्ति केन्द्रित लूटपाट र धन कमाई युद्ध आदि देखेर चीनले सोही बेला नेपालको माओवादीसँग राजनीतिक सिद्धान्तमा चीनको माओद्जेदुङ्गको साइनो नरहेको कुरालाई पुष्टि गर्दै पुनका छोरा, उनका केही साथीले उपराष्ट्रपति कार्यालयकै बदनाम गरी अर्का माओवादी नेता तथा रहस्यमयी मृत्युवरण गरेकी रोशनी शाहीसँग अनैतिक कर्ममा नाम जोडिन पुगेका कृष्णबहादुर महराकै जस्तै सुन तस्करी गरेको आरोपमा राज्यद्वारा अनुसन्धानमा छन् ।
नन्दबहादुर पुन उपराष्ट्रपति छँदा वा हाल पुनः माओवादीमा सक्रिय रहँदा भने पनि उनी निष्क्रिय जस्तै छन् । सवाल उठ्छ कि उनी स्वभावतः शान्त रहने भए पनि किन कथित् सक्रिय रहने घोषणा गरे ? के छोराको कानुनी सुरक्षाका लागि पूर्वउपराष्ट्रपतिको प्रोटोकलमा अंगरक्षकसहित कोही व्यक्ति वा कतै जानलाई अप्ठ्यारो भएर हो ? यदि यस कारणले पुन फेरि सक्रिय राजनीतिमा बाध्यतावस उत्रेका हुन् भने अनैतिकतालाई छोडेर राज्यलाई सुन तस्करीको आरोप लागेका छोरालाई बुझाएर सहयोग गरी १० वर्षमा माओवादीले पनि सशस्त्र द्वन्द्व वा जनयुद्ध मात्र गर्यो, धनयुद्ध होइन भनेर सावित गर्नुपर्छ ।
एमालेबाट दुईपटक राष्ट्रपति भएर शक्तिको प्रचुर अभ्यास गरिसक्नुभएकी लोकप्रिय नेता मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारीमा प्रोटोकल तोडेर आमएमाले नेतृ बनेर राजनीतिमा उत्रनुपर्ने नन्दबहादुर पुनको छोरा सुन तस्करीबाट जोगाउने बाध्यता वा ज्ञानेन्द्र शाहले दाजु वीरेन्द्रको हत्या भएपछि राजा बनेर कमाएको अथाह सम्पत्तिलाई नेपालबाट विदेशमा लान र विदेशकालाई व्यवस्थापन गर्ने अधुरो कार्य पूरा गर्नुपर्ने बाध्यताहरूमा छैनन् । यसपछि पनि राज्यको साधन छोडेर अब सक्रिय राजनीतिमा उत्रने घोषणा गर्नुभएकी नेतृ विद्यादेवी भण्डारीमा किन यति तीव्र भोक जाग्यो, यो रहस्यमय विषय हो ।
भारतमा उपराष्ट्रपतिलाई राज्यसभा वा राष्ट्रियसभाको पदेन अध्यक्ष र सरकारी युनिभर्सिटीको कुलपति बनाएर सक्रिय पदमै राखिएको छ । यो नेपालको हकमा लागू गर्दा युनिभर्सिटीहरूले पनि स्थिर दिमाग भएको नेतृत्व पाउनसक्थे भने राष्ट्रियसभाको गरिमा बढ्ने भई पदावधि सकिएपछि व्यक्तिमा पुनः राजनीति गर्ने लालसा समाप्त हुनेथियो ।
यो सरसर्ती हेर्दा एमाले दलमा व्यक्ति विशेषको रूपमा केपी ओलीले राष्ट्रपतिमा विद्या रहे पनि स्वतन्त्र काम गर्न नदिएका, ओलीको नेताहरूप्रति तुष पालेर गरिने व्यवहार, अहंकारी भावना, बदलाको भाव आदिले गर्दा एमालेमा आन्तरिक लोकतन्त्र करिब समाप्त भएको र विभिन्न अपराधमा संलग्न मात्रको पद, सुरक्षा, अवसर देखेर दलको भविष्यप्रति आमकार्यकर्तामा व्यापक चिन्ता छ । यसमाथि नेपालको आन्तरिक राजनीतिमा कम्युनिष्टहरूको बलियो पकड राखिरहन २०७४ सालमा देखिने गरी करिब सयजना कम्युनिष्ट नेतालाई चीनले आफ्नो देश भ्रमण गराएदेखि नेपालमा लगातार केही न केही गरिरहन जुन आमनेपालीले नोटिस गरिरहेका छन् खासमा चिनियाँ बिआरआईका विभिन्न परियोजनालाई नेपालमा लागू गराई आर्थिक रूपले नेपाललाई भारत, युरोप र अमेरिकाको भन्दा पूर्णरूपेण चिनियाँ पकडमा राख्ने चीनको गलत उद्देश्य देखिन्छ ।
यस कार्यका लागि चीनले केपी ओलीको व्यक्तित्वमा एमाले अब नचल्ने भई एमाले टुक्रेर तितरबितर हुनुभन्दा पहिला विद्यादेवी भण्डारीको पूर्वउपराष्ट्रपतिको छविलाई क्यास गर्दै एमालेलाई बचाउँदै उता माओवादीलाई राख्दै दुई कम्युनिष्ट दललाई अस्तित्वमा राख्ने देखिन्छ । तर, विद्या भण्डारीकै सक्रिय राजनीतिको घोषणाले शायद एमाले टुक्रिनेछ अनि चीनको नेपालमा कम्युनिष्ट व्यवस्थापनको सपना पनि अस्त हुनेछ किनकि अन्य देशले केपी ओलीलाई साथ दिन सक्नेछन् ।
निष्कर्ष
देशका लागि भन्दा पनि व्यक्तिगत स्वार्थ र छिमेकी देशका लागि टुलको रूपमा प्रयोग हुनु र परचक्री बन्नु एक प्रकारले गद्दारी नै हो । प्रायः पूर्वराष्ट्रप्रमुखहरूमा फेरि सक्रिय राजनीतिमा आउने उनीहरूको चाहनाभन्दा पनि बाध्यताहरूमा नेपाल बाहिर अदृश्य हात पारेको वा कमाएको भनिएको धनलाई ओसारपसार गर्ने, परिवारका सदस्यले आफ्नो नाम र पद जोडेर तस्करीलगायत गैरकानुनी गतिविधि गरेकाले शक्तिको आडमा दबाइरहन, पदको भोकापन, नेपालको राजनीतिभन्दा पनि चीनको बिआरआईलाई नेपालमा लागू गराउन सरकारमा यता व्यवस्थापन गर्न सघाउनुलाई लिन सकिन्छ ।
भारतमा उपराष्ट्रपतिलाई राज्यसभा वा राष्ट्रियसभाको पदेन अध्यक्ष र सरकारी युनिभर्सिटीको कुलपति बनाएर सक्रिय पदमै राखिएको छ । यो नेपालको हकमा लागू गर्दा युनिभर्सिटीहरूले पनि स्थिर दिमाग भएको नेतृत्व पाउनसक्थे भने राष्ट्रियसभाको गरिमा बढ्ने भई पदावधि सकिएपछि व्यक्तिमा पुनः राजनीति गर्ने लालसा समाप्त हुनेथियो । योग्य, पढेलेखेका मात्र उपराष्ट्रपतिमा जान पाउने थिए किनकि अनपढ, बन्दुकधारी विशेषण भएकाले सभाध्यक्षता त गर्नसक्छन् तर कुलपतिमा शोभायमान हुँदैन ।
अन्ततः राष्ट्रप्रमुखमा बसिसकेको मान्छेमै उच्च मर्यादा र गरिमा नदेखिए युवा र देशको राजनीतिमा सुधार आउने कल्पना नै गर्न सकिँदैन । तसर्थ, यसलाई कानुन बनाएरै बाँध्दा उपयुक्त देखिन्छ । यदि यसो भएन भने कांग्रेस, एमाले, माओवादीका अध्यक्ष, सभापतिहरूले पद नछोड्ने परम्परा झैँ राष्ट्रप्रमुखसमेतले पनि रुस र चीनमा झैं आजीवन पदमा बस्ने व्यवस्था गर्नेछन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा यस्तो कार्यका लागि जनताले शहादत दिएर ल्याएका होइनन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर