समाचार सारांश
-
नेपालले मलेसियाविरुद्ध टस जितेर बलिङ गरिरहेको छ।
-
समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनलमा पुगेको हो।
-
दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच हुँदैछ।
-
विजेताले फाइनल खेल्ने, पराजितले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौं । १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर नेपालले सुरुमा बलिङ गर्दैछ। मलेसियाले नेपालविरुद्ध सुरुमा ब्याटिङ थालेको छ।
समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल भेट पक्का गरेको हो।
समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।
नेपाल आज मलेसियालाई हराउँदै उपाधि जित्ने दाउमा छ। दोस्रो सेमिफाइनलमा भने आजै हङकङ र सिंगापुर भिड्दै छन्। हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो।
सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ।








समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर