नवलपरासी । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गको विनयी खोला पुल पूर्ण रूपमा सञ्चालनमा आएको छ । पुल नहुँदा लामो समयदेखि यात्रुहरुले दुख पाइरहेको उक्त पुल अब सवारीसाधनका लागि खुला गरिएको हो ।
यससँगै स्थानीयवासी तथा यात्रुहरूलाई आवागमनमा सहजता पुगेको छ । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो ।
पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भए पनि बाढीले बगाउने गरेकोले आवतजावतमा समस्या पर्ने गरेको थियो ।
विनयी खोलामा बनेको पुल केही समयदेखि जीर्ण अवस्थामा रहेकाले सवारी आवागमन प्रभावित भएको थियो । पुल सञ्चालनमा आएपछि यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच