
बनेपा । नवक्षितिज साप्ताहिकको रजत वर्ष प्रवेश तथा उक्त पत्रिकाका प्रधान सम्पादक, पत्रकार एवं सामाजिक अभियन्ता नवराज बजगाईंको जन्मदिन विशेष रूपमा मनाइएको छ । धुलिखेल-१२ मा मानव कल्याण समाजद्वारा सञ्चालित ‘सेवा घर’मा रहेका ५२ जना वृद्धवृद्धा तथा असहाय व्यक्तिहरूलाई खाना खुवाउँदै, खाद्यान्न, लत्ता-कपडा र नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरेर बजगाईंको जन्मदिन मनाइएको हो ।
साथै उहाँकी धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारेर पनि यस्तै प्रकारको सेवा कार्य गरिएको थियो । बजगाईं परिवारले यसअघि पनि आफ्नो जन्मदिनलगायत विशेष दिनहरूमा विभिन्न सामाजिक संस्थामार्फत सहयोग गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथिको रूपमा उपस्थित बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहाल, पत्रकार नवराज बजगाईं, पत्रकार अरबिन्द्र गौतम, सञ्चारकर्मी दीपक राउतलगायतले सेवा घर व्यवस्थापन समितिका संयोजक एवं धुलिखेल-१२ का पूर्ववडाध्यक्ष हर्कसिंह तामाङलाई २५ हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । साथै सेवा घरका अभियन्ता सुरेश र जीवनराजलाई खाद्यान्न, फलफूल तथा सरसफाइ सामग्री प्रदान गरिएको थियो ।
सहयोग सामग्रीहरूमा नुन, जिरा मसला, चिउरा, मस्यौरा, साबुन, डेटोल, फिनेल, सरफ, फलफूल तथा लत्ता-कपडा रहेका थिए । सो अवसरमा बोल्दै पत्रकार बजगाईंले सेवा घर स्थापना भएदेखि नै नियमित रूपमा सहयोग गर्दै आएको र अब समाजमा सेवा संस्कृतिको विकास आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम धुलिखेल-१२ का वडाध्यक्ष मोहनप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईं (सुमी मानव)ले गर्नुभएको थियो । कार्यक्रममा धुलिखेल-१० का वडाध्यक्ष गोविन्द भण्डारी, बनेपा-५ का वडाध्यक्ष बलराम अधिकारी, बनेपा-१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, बनेपा-११ का वडाध्यक्ष शिव थापा, एमाले धुलिखेल नगर अध्यक्ष दयाराम महत, समाजसेवी बोदनाथ बजगाईं, दामोदर बजगाईं, रमा सुबेदी, सूर्य श्रेष्ठ, सूर्य थापा, सुवास बजगाईं, सञ्चारकर्मी राज तिमल्सिना, राजन अधिकारी, रुपेश काफ्लेलगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष चौलागाईंले मानव कल्याण समाजले सडक वा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउँदै आएका असहायहरूलाई उद्धार गरी उचित व्यवस्थापन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार हालसम्म देशभर ६ शाखामार्फत चार सयभन्दा बढी व्यक्ति सेवा घरमा आश्रित छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच