
काठमाडौं । लामो समयदेखि मुटु रोगबाट पीडित वरिष्ठ कलाकार शकुन्तला शर्मालाई चलचित्रकर्मी कल्याणकारी कोषमार्फत नगद ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । बुधबार काठमाडौंको लाजिमपाटस्थित उहाँको निवासमा पुगेर चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालित सो कोषमार्फत आर्थिक सहयोग प्रदान गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बोर्ड सदस्यहरू सन्तोष लोहनी र वीरेन्द्र भट्ट, कल्याणकारी कोषकी संयोजक तथा विशिष्ठ कलाकार वसुन्धरा भुसाल, कलाकार तथा निर्देशक दीपाश्री निरौला, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतको उपस्थिति थियो ।
वरिष्ठ कलाकार शर्मा मुटुका दुवै भल्वमा समस्या भएपछि लामो समयदेखि उपचाररत रहनुभएको छ । उहाँकै सक्रिय कलाजीवनको सम्मानमा सहयोग स्वरूप सो रकम प्रदान गरिएको कल्याणकारी कोषले जनाएको छ । चलचित्रकर्मी कल्याणकारी कोष चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालनमा रहेको सहयोग कोष हो, जसअन्तर्गत नेपाली चलचित्रकर्मीहरूलाई स्वास्थ्य संकट वा आपत्कालीन अवस्थामा राहत स्वरूप आर्थिक सहयोग प्रदान गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच