
काठमाडाैं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ विशेष कार्यक्रमसहित मनाउने भएको छ ।
सहकारीहरूको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित सहकारी विकासमा जोड दिने उद्देश्यले शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागेको महांसघकी अध्यक्ष ओमदेवी मल्लले बताउनु भयो । यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम ‘सहकारी : राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ रहेको छ ।
अध्यक्ष मल्लका अनुसार कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नुहुनेछ । उहाँले महिला उद्यमशीलता, युवा सहभागिता र सहकारी सुशासनका एजेन्डालाई प्राथमिकतामा राखेर कार्यक्रम मनाइने पनि बताउनु भयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय थिममा आधारित कार्यपत्र प्रस्तुति, हेफर इन्टरनेशनल नेपाल र महासंघको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक, महिला सहकारी संस्थाहरूका उत्पादनहरूको प्रदर्शनी तथा सहकारीमैत्री नीति निर्माणप्रति नीति निर्माता रसरोकारवालाहरूको प्रतिबद्धता घोषणालगायतका प्रस्तुत गरिने अध्यक्ष मल्लको भनाइ छ ।
कार्यक्रममा सहकारी क्षेत्रमा विशेष योगदान दिएका संघरसंस्थाहरू, कर्मचारी, पत्रकार र व्यक्तिलाई सम्मान र पुरस्कार पनि प्रदान गरिने बताइएको छ । कार्यक्रमले लोकतान्त्रिक र समुदायमुखी सहकारी सेवा विस्तारमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच