
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिको राजनीतिक प्रतिशोधको विरुद्ध पार्टीको तेश्रो स्थापना दिवसबाट देशै भरी सुरु गरिएको हस्ताक्षर अभियानमा आज कलाकारहरूले ऐक्यबद्धता जनाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कलाकारहरु किरण केसी, रमेश उप्रेती, अशोक शर्मा, खगेन्द्र लामिछाने लगायतले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका हुन् ।
सो अभियानको उद्देश्य लामिछानेमाथि भइरहेको "अन्याय" का विरुद्ध सामाजिक दबाब सिर्जना गर्नु, स्वतन्त्र न्यायिक प्रक्रिया सुनिश्चित गरिनु, तथा जनप्रतिनिधिमाथिको अनुचित दमनविरुद्ध आवाज उठाउनु रहेको छ।
यो अभियान अनलाइन तथा भौतिक रूपमा चलाइएको जनाइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच