
हरेक मान्छेमा जिजीविषा हुन्छ र जिगमिषा पनि हुन्छ । त्यही जिजीविषाले डो¥याउँदा जस्तोसुकै कठिन परिस्थितिमा पनि ऊ बाँच्ने कोसिस गरिरहेको हुन्छ । अनि उसलाई बाँचेरमात्रै पुग्दैन, कहीँ कतै जाने इच्छा वा कुनै ठाउँमा पुग्ने चाहनाले पछ्याइरहेको हुन्छ । स्वाभाविक रूपमा मान्छे भ्रमणप्रिय हुन्छ । भ्रमणको मुख्य उद्देश्य आर्थिक वा सामाजिक अरू जेसुकै भए पनि त्यसमा मनोरञ्जन अर्थात् आनन्द प्राप्त गर्ने उद्देश्य पनि कतै न कतै जोडिएकै हुन्छ ।
मान्छेमा भएको भ्रमणप्रियताको गुणले गर्दा उसलाई गतिशील बनाइराखेको हुन्छ र कामबाट फुर्सद मिल्नासाथ अथवा कामबाट फुर्सद मिलाएर पनि नयाँ नयाँ ठाउँको भ्रमण गरिरहेको हुन्छ । भ्रमणको क्रममा उसले नयाँ ठाउँ, नौलो दृश्य र नौला घटनाहरूसँग साक्षात्कार गरेको हुन्छ । यो साक्षात्कारले नयाँ अनुभव, नयाँ अनुभूति र नयाँ दृष्टिकोण दिएको हुन्छ । संसारमा हरेक दिन लाखौं मान्छेले भ्रमण अर्थात् यात्रा गरिरहेका हुन्छन् तर सबै भ्रमणकर्ता अर्थात् सबै यात्रीले यात्राको वर्णन गर्दै आफ्ना अनुभव, अनुभूति र दृष्टिकोणलाई अरूसँग साझा गर्दैनन् अथवा साझा गर्ने क्षमता र कला सबै यात्रीमा हुँदैन । जसले गर्दा उसको यात्राको अनुभव, अनुभूति र दृष्टिकोण जति सुकै महत्वपूर्ण भए पनि त्यो अनुभव, अनुभूति र दृष्टिकोण उसैमा मात्र सीमित हुन्छ । समयान्तरमा त्यो विस्मृतिमा हराउँछ ।
नियात्राकार रामप्रसाद पन्तको पछिल्लो नियात्रा कृति हो ‘पुनरावृत्ति’ । यसलाई दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशित गरेको छ । यस नियात्रासङ्ग्रहमा नेपाल र भारतका विभिन्न धार्मिक स्थलहरूमा १५ जनाको समूहले गरेको २४ दिने तीर्थयात्राका क्रममा सँगालिएका अनुभव र अनुभूतिहरूलाई रोचक वर्णन गरिएका नियात्राहरू समेटिएका छन् ।
रामप्रसाद पन्त भ्रमणप्रिय छन् । त्यसमाथि उनी लेखक पनि हुन् । विभिन्न विधामा समान रूपमा कलम चलाउने सामथ्र्य भएका रामप्रसाद पन्तलाई उनको भ्रमणप्रियताले एउटा कुशल नियात्राकार पनि बनाएको छ । उनको यात्रानुभूति उनमै मात्र सीमित छैन, त्यसलाई नियात्रामार्फत् आमपाठकसम्म पनि पुर्याइरहेका छन् । पाठक नपुगेको ठाउँ, पाठकले नदेखेको दृश्य र पाठकले थाहा नपाएको विषयका बारेमा उनले आफ्नो नियात्रामार्फत् जानकारी दिएर आफ्नो यात्राको लाभबाट आमपाठकलाई पनि लाभान्वित तुल्याउँदै आएका छन् । पाठकलाई लाभान्वित तुल्याउनकै लागि उनले अहिलेसम्म दुई दर्जन नियात्रासङ्ग्रह पनि प्रकाशित गरिसकेका छन् ।
नियात्राकार रामप्रसाद पन्तको पछिल्लो नियात्रा कृति हो ‘पुनरावृत्ति’ । यसलाई दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशित गरेको छ । यस नियात्रासङ्ग्रहमा नेपाल र भारतका विभिन्न धार्मिक स्थलहरूमा १५ जनाको समूहले गरेको २४ दिने तीर्थयात्राका क्रममा सँगालिएका अनुभव र अनुभूतिहरूलाई रोचक वर्णन गरिएका नियात्रा समेटिएका छन् ।
‘पुनरावृत्ति’ नियात्रासङ्ग्रहमा ‘लालगढमा लागेको बिच्छुक’, ‘गया, बोधगया र बोधीवृक्ष’, ‘नालन्दाको त्यो वैभव अब कहाँ पाउने ?’, ‘वाराणीमा खातैखात’, ‘देबरीयाका दुबे र प्रयागराजको पीडक’, ‘जहाँ राम त्यहीँ अयोध्या’, ‘शुक्रदेवको वाणी र वेदव्यासको कलम’, ‘जहाँ कृष्ण जन्मिए, जहाँ कृष्ण पालिए’, ‘मन्दिरै मन्दिरबीच केही मन्दिर’, ‘आगराको अन्तर्कथा’, ‘दिल्लीको सेरोफेरो’, ‘कुरुक्षेत्रः जहाँ युद्धभूमि छैन’, ‘त्यो समय यो समय’, ‘केही सफल, केही विफल’ र ‘बाधा र व्यवधानहरू झेल्दै काठमाडौं’ शीर्षकका १५ वटा नियात्रा सङ्गृहीत छन् । यी नियात्राहरू तीर्थयात्रामा आधारित छन् । तथापि नियात्राकार रामप्रसाद पन्तको उद्देश्य तीर्थयात्राभन्दा पनि अवलोकन यात्रा बढी हो ।
यस कारण उनी भिन्न अनुभव सँगाल्न र सँगालिएका अनुभूतिलाई लिपिबद्ध गर्न यस यात्रामा सरिक भएको हुँदा उपर्युक्त नियात्राहरूमा तीर्थव्रतका कुराभन्दा यात्राका क्रममा उनले सँगालेका विविध अनुभव र अनुभूतिहरूलाई बढी महत्व र प्राथमिकता साथ वर्णन गरेर पाठकलाई बढीभन्दा बढी जानकारी दिने कोसिस गरेका छन् । नियात्राकार रामप्रसाद पन्तले निकै सरल भाषाशैली र सहज प्रवाहका साथ कलात्मक प्रस्तुति दिएर पाठकलाई नियात्राको रसास्वादन गराउने भरपूर प्रयास गरेका छन् । पाठकलाई आफू नपुगे पनि पुगे झैँ लाग्ने, आफूले नदेखे पनि देखे झैँ लाग्ने र आफूले नभोगे पनि भोग झैँ लाग्ने अनुभूति गराउन रामप्रसाद पन्तको नियात्रा लेखन सफल छ ।
यात्रामा प्रियमात्रै होइन, अप्रिय अनुभव र अनुभूति पनि सँगालिन्छन् । जस्तो यस नियात्रासङ्ग्रहको पहिलो नियात्रा ‘लालगढमा लागेको बिच्छुक’ मै अप्रिय अनुभवको चर्चा छ । होटलवालाको शोषण, अपमान र धम्कीले यात्रामा ‘पहिलो गाँसमै ढुङ्गा’ लागेजस्तो भएको छ तर त्यसबाट कत्ति पनि विचलित नभई यात्रालाई निरन्तरता दिँदै जाँदा प्रिय अनुभव र अनुभूति यथेष्ट सँगालिएका छन् ।
रामप्रसाद पन्त यात्रामा निस्किरहन्छन् । त्यसैले उनको नियात्रामा पुनरावृत्ति भइरहन्छ । यो ‘पुनरावृत्ति’ नियात्रासङ्ग्रहमा पनि यात्राको पुनरावृत्ति भएको छ । यस अर्थमा यो सङ्ग्रहको नामकरण ‘पुनरावृत्ति’ हुनु अर्थपूर्ण र स्वाभाविक पनि लाग्छ । मनको यात्रा हरेक मान्छेले गरेका हुन्छन् । किनभने मनको यात्रा सहज छ । आँखा चिम्लिने बित्तिकै एकै निमेषमा संसारभरको यात्रा गर्न सकिन्छ । यस्तो यात्रा भावनात्मक र काल्पनिक हुन्छ । भूगोलको यात्रा गर्न, यात्राको साँचो अनुभव र अनुभूति सँगाल्न र दृष्टिकोण निर्माण गर्न भौतिक रूपमा आफैँ पुग्नुपर्छ । यस्तो यात्रामा भूगोल र भावना दुवैको मीठो मिलन हुन्छ । अनि त्यो भूगोल र भावना समेटिएको यात्राले यात्राको भिन्न आनन्द प्रदान गर्दछ भने त्यस्तो नियात्राले पाठकलाई पनि अक्षरबाटै यात्राको मीठो अनुभूति दिन्छ ।
यात्रामा प्रियमात्रै होइन, अप्रिय अनुभव र अनुभूति पनि सँगालिन्छन् । जस्तो यस नियात्रासङ्ग्रहको पहिलो नियात्रा ‘लालगढमा लागेको बिच्छुक’ मै अप्रिय अनुभवको चर्चा छ । होटलवालाको शोषण, अपमान र धम्कीले यात्रामा ‘पहिलो गाँसमै ढुङ्गा’ लागेजस्तो भएको छ तर त्यसबाट कत्ति पनि विचलित नभई यात्रालाई निरन्तरता दिँदै जाँदा प्रिय अनुभव र अनुभूति यथेष्ट सँगालिएका छन्, जुन अन्य नियात्राहरूमा चर्चा गरिएका छन् । ‘नालन्दाको त्यो वैभव अब कहाँ पाउने ?’ शीर्षकको नियात्रामा नियात्राकार निकै रमाएका छन् । पूर्वीय दर्शनबाट प्रभावित नियात्राकार नालन्दा विश्वविद्यालयको अवलोकन गर्न निकै उत्साहित पनि बनेका छन् । आफ्नो अवलोकनबाट प्राप्त जानकारी उनले पाठकका लागि निकै रोचक ढङ्गले प्रस्तुत गरेका छन् । हरेक नियात्रा पाठकका लागि अत्यन्तै जानकारीमूलक छन् ।
रामप्रसाद पन्तका नियात्रामा कल्पना, विचार र दृष्टिकोणभन्दा यात्राको अनुभव र स्थानीयताको वर्णन बढी पाइन्छ । जसले पाठकलाई स्वयं त्यहीँ पुगेको र आफैँले देखे-भोगेको अनुभूति गराउँछ । नियात्रामा कल्पना, विचार र दृष्टिकोण लादियो भने त्यो बोझिलो हुन्छ । बोझिलो नियात्रा पठनले पठनमा कौतुहल र उत्साह जगाउन सक्दैन भन्ने यथार्थलाई बुझेका नियात्राकार रामप्रसाद पन्तले नियात्रालाई सरल, सहज, बोधगम्य र संप्रेष्य बनाउने प्रयास गरेका छन् । परिवेश र परिस्थितिको चित्रणमा अक्षरहरूले बुर्कुसी मार्यो भने पाठकको मनले पनि नियात्रा सँगसँगै बुर्कुसी मार्छ र पाठकहरू रमाउँछन् भन्ने तथ्यलाई मनन गरेर नियात्रा लेखिएको महसुस हुन्छ ।
यात्रामा अनेक बाधा, व्यवधान र चुनौतीहरू आइपर्छन् । तिनलाई झेल्दै यात्रालाई निरन्तरता दिन सक्यो भने यात्रा सफल र रोमाञ्चक हुन्छ । रामप्रसाद पन्त र उनका साथीहरूले पनि यस्तै बाधा, व्यवधान र चुनौती झेल्दै यात्रा पार गरेका छन् । संयम, बुद्धि र विवेकको प्रयोग गर्दै बाधा, व्यवधान र चुनौतीह रूपार गर्दै यात्रा गर्दै जाँदा दुःख, पीडा र अप्ठ्याराका पलहरू पछाडि छोडिँदै जान्छन् र अगाडि सुख, खुशी र आनन्दका पलहरूले स्वागत गर्छन् । दुःखपछिको सुखले चरम आनन्द प्रदान गर्दछ । शिखरमा पुग्न कठिन हुन्छ, तर शिखरमा पुगिसकेपछिको आनन्द अवर्णनीय हुन्छ । यात्रा पनि त्यस्तै हो । नियात्राकार रामप्रसाद पन्तले यात्रामा भोगेका त्यस्तै अप्ठ्यारा परिस्थिति र आनन्दका पलहरूको सुरुचिपूर्ण वर्णन गरेका छन् र पाठकहरूलाई उनको अक्षरबाटै यात्राको अनुभूति गराएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच