
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताउनुभएकाे छ ।
केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै गिरीले प्रजातन्त्रमा सबैको पहिचान, स्थान, आवाज र असन्तुष्टिको सम्मान हुनु पर्ने बताउनुभयाे । उहाँले पार्टीभित्र अनुशासनको कारबाही ३–४ महिनाभित्र टुंग्याउनु पर्नेमा जोड दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘२१औँ शताब्दीमा अनुशासनको नाममा ३–४ वर्षसम्म कारबाही लम्ब्याइयो भने पार्टी कमजोर हुन्छ । गुटको आधारमा कारबाही गरियो भने पनि पार्टीको एकता खल्बलिन्छ ।’ पूर्व मंत्री समेत रहेका गिरीले सन्त नेता किसुनजीले विगतका कमजोरीहरूलाई बिर्सेर आममाफीको नीति अवलम्बन गरेको उदाहरण दिँदै साना–तिना कमजोरीलाई सुधार्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयाे ।
पार्टीमा सबैको योगदानको कदर गर्नुपर्ने बताउँदै गिरीले कसैको जवानी र जिन्दगीको लगानी, त कसैको आर्थिक सहयोगले कांग्रेसलाई बलियो बनाएको उल्लेख गर्नुभयाे। उहाँले महावीर शमशेर, भरत शमशेर, मैयाँ दिदी, र गौरी दिदीजस्ता व्यक्तित्वले गरेको आर्थिक सहयोगको चर्चा गर्दै उहाँहरूले कहिल्यै श्रेय नखोजेको स्मरण गर्नुभयाे ।
मुलुकको तरल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै नेपाली कांग्रेस ठूलो दल र सरकारमा रहेको हुनाले सबैसँग सहमति र सहकार्य अपरिहार्य भएको उहाँले बताउनुभयाे । इतिहास बोकेको पार्टीले सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयाे ।
'वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी हुन सकेको छैन। कांग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिएको छ, आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजाने परम्परा देखियो जुन गलत हो,' गिरीले भन्नुभयाे ।
'मैले दाङ्ग जिल्लाको ऐतिहासिक टरीगाउँ विमानस्थलको विस्तारका लागि गएको तीन वर्ष दखि संसदमा बोल्दै आएको छु। जग्गा अधिग्रहण गर्नको लागि झन्डै ९० करोड रुपियाँ चाहिनेमा सरकारले यो वर्षको बजेटमा जम्मा रु एक करोड छुट्याएको छ। यो दंगाली जनताको अपमान हो, यदि यो सरकारले काम गर्न सक्दैन भने हामी अर्को विकल्पमा जान पनि तयार हुनु पर्छ,' उहाँकाे भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच