
काठमाडाैं । इजरायल रक्षा बलले शुक्रवार एक विज्ञप्तिमार्फत हाल गाजा पट्टीको ६५ प्रतिशतभन्दा बढी भूभागमा आफ्नो नियन्त्रण कायम राखेको जनाएको छ । उक्त विज्ञप्तिमा इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरू मुख्यतया उत्तर, दक्षिण र पूर्वी भागहरू रहेको जनाएको छ ।
इजरायलको च्यानल १२ समाचारकाअनुसार मार्चमा इजरायली सेनाले गाजामा आफ्नो आक्रमण पुनः शुरु गर्दा यसले ७५ प्रतिशत भूभाग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२३ मा शुरु भएको गाजामा इजरायलको आक्रमणमा ५७ हजार १ सय ३० प्यालेस्टिनीको मृत्यु भएको छ । १ लाख ३५ हजार १ सय ७३ जना घाइते भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच