
हेटौंडा । मकवानपुरको भिमफेदीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्सा बिरगन्ज महानगरपालिका-५ बस्ने वर्ष ४५ को पुरुषोत्तम शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
भिमफेदी गाउँपालिका-१ टौवासस्थित बिरगन्जबाट इभि गाडी रिजर्भ गरी घुम्न आई वनभोजमा रमाईलो गरीरहेको अवस्थामा ५ जना मानिसहरु टौवास खोलामा नुहाई खोला तर्ने क्रममा खोलामा पानीको बाहब बढ्न गई शर्मालाई खोलाले बगाई अन्दाजी ४०० मिटर तलसम्म बगाई मृत्यु भएको हो।
घटनास्थल सुरक्षित राखीएको, थप अनुसन्धान तथा मुचुल्का कार्य भइरहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच