
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
शनिवार बसेको पार्टीको संसदीय दलको बैठकले सरकार छाडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले भोलि नै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय भएको बताउनु भयो ।
नाउपाबाट अरूणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्छ ।
उहाँले भोलि नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी छ ।
नाउपाले यसअघि सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।
सुदूरपश्चिम प्रदेश सरकारबाट आफ्नो दलको मन्त्री हटाइएको विषयमा नाउपा असन्तुष्ट छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच