एजेन्सी । डिफेन्डिङ च्याम्पियन कार्लोस अल्काराज विम्बल्डन ग्राण्डस्लाम टेनिसको चौथो चरणमा प्रवेश गर्नुभएको छ । शुक्रबार राती सम्पन्न खेलमा स्पेनिस स्टार अल्काराजले जर्मनीका यान-लेनार्ड स्ट्रफलाई पराजित गर्दै चौथो चरणमा स्थान बनाउनुभएको हो ।
लगातार तेस्रो उपाधिको यात्रालाई जीवित राख्नेक्रममा उहाँले स्पेनिस खेलाडीले केही दबाबपूर्ण क्षण पार गर्दै ६-१, ३-६, ६-३ र ६-४ को जित दर्ता गर्नुभयो । पहिलो सेट सहजै जित्नुभएका अल्काराजले दोस्रो सेटमा स्ट्रफको धारिलो सर्भिसको सामना गर्न सक्नुभएन । तर, तेस्रो सेटमा तीन डबल फल्टको फाइदा उठाउँदै ब्रेक गर्नुभयो र लय समात्नुभयो ।
चौथो सेटमा पनि केही ब्रेक पोइन्ट जोगाउँदै ४-४ मा महत्वपूर्ण ब्रेक निकाल्नुभयो । अब विश्व नम्बर २ अल्काराजले क्वाटरफाइनल प्रवेशका लागि चौधौँ वरीयताका आन्द्रे रूबलेभसँग भिड्नुहुनेछ । रूबलेभले फ्रान्सका एड्रियन मानारिनोलाई ७-५, ६-२, ६-३ ले हराउनुभएको थियो ।
त्यस्तै, अमेरिकी खेलाडी टेलर फ्रिट्ज पनि चौथो चरणमा प्रवेश गर्नुभएको छ । उहाँले डेविडोभिच फोकिनालाई ५ सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गर्नुभएको हो । ब्राजिलका किशोर जोआओ फोन्सेका भने दक्षिण अमेरिकी भिडन्तमा चिलीका निकोलस जार्रीसँग ४ सेटमा पराजित हुनुभयो । जार्रीले अब बेलायतका क्यामेरोन नोरीसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।
ब्रिटिस नम्बर एक खेलाडी एम्मा राडुकानुको विम्बल्डन यात्रा भने तेस्रो चरणमै अन्त्य भएको छ । सेन्टर कोर्टमा शीर्ष वरीयताकी आर्यना साबालेन्कासँग कडा प्रतिस्पर्धा गरे पनि राडुकानु सोझो सेटमा पराजित हुनुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच