
काठमाडौं । रेडियो कान्तिपुरले आयोजना गर्ने ‘नेसनल म्युजिक अवार्ड २०८१’ यही असार २८ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न हुने भएको छ । यो अवार्ड समारोहमा १४ विधामा पुरस्कार वितरण गरिनुका साथै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिने आयोजकले जनाएको छ । यसपटकको कार्यक्रमलाई विशेष बनाउँदै आयोजकले कन्सर्टसहितको प्रस्तुति तयारी गरेको छ । कन्सर्टमा कुमा सागर, दुर्गेश थापा, सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान र पशुपति शर्मालगायत १० चर्चित कलाकारले सांगीतिक प्रस्तुति दिनुहुने छ । साथमा सुन्दर खनाल र सुजिता श्रेष्ठले हास्य प्रस्तुति प्रस्तुत गर्नुहुने छ । कार्यक्रममा करिब तीन हजार दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ ।
कान्तिपुर टेलिभिजनका सिइओ सुरजसिंह ठकुरीले यस पटकको कार्यक्रमलाई अझ स्तरीय बनाइएको बताउनुभयो । उहाँका अनुसार, ‘वर्षौंसम्म पाँचतारे होटलभित्र सीमित रहँदै आएको कार्यक्रममा अब आम दर्शकसँग प्रत्यक्ष उपस्थित भएर रमाउने अवसर हुनेछ । पुराना स्रष्टाहरूलाई सम्मान गर्दै, युवा कलाकारहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम विस्तार गरिएको हो’, उहाँले स्पष्ट पार्नुभयो ।
रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले पछिल्ला वर्षहरूमा अवार्डको दायरा फराकिलो बनाइएको बताउनुभयो । ‘पहिला रेडियो कान्तिपुरमै बजेका गीतलाई मात्र अवार्ड दिन्थ्यौँ । तर, अहिले अन्य मिडिया तथा प्लेटफर्महरूमा प्रसारित भएका गीतहरूलाई पनि समेट्न थालेका छौँ’, उहाँले भन्नुभयो । आचार्यका अनुसार, कार्यक्रमको टिकट राखिएको भए पनि त्यसको उद्देश्य आर्थिक लाभ नभई अपनत्वको भावना जगाउनुरहेको छ । ‘संगीतका मूर्धन्य स्रष्टाको सम्मानमा दर्शकहरू स्वेच्छाले सहभागी बनून् भन्ने उद्देश्य हो’, उउहाँले थप्नुभयो ।
कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसी, पब्लिकेसन कर्पोरेट हेड सिम्रन श्रेष्ठलगायत समूहका अन्य प्रतिनिधिहरूको पनि उपस्थिति रहनेछ । यस समारोहमा रेड कार्पेटसहितको विशेष आयोजना हुने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच