
काठमाडौं । यही शुक्रबार असार २७ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । देशभक्ति भावना र नेपाली संस्कृति र परम्परालाई समेटेको गीतको भिडियो सार्वजनिक गरिएको हो । चलचित्रको शीर्ष गीतको भिडियोमा प्रमुख कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल, बुद्धि तामाङ र मित्र प्रधानको अभिनय छ ।
यसको संगीत विकास चौधरीले संयोजन गर्नुभएको छ भने शब्द शंकर अधिकारी घायलले लेख्नुभएको हो । कमल रसाइलीको स्वर रहेको गीतको भिडियामा नृत्य निर्देशन कविराज गहतराजको छ । यस गीतमा २०० भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गरिएको छ, जसले गीतको देशभक्ति भावनालाई अझ प्रगाढ बनाएको छ ।
यो चलचित्रको निर्माण ज्ञानबहादुर प्रधानले गर्नुभएको हो भने निर्देशन मित्र प्रधान ‘नर’ले गर्नुभएको छ । चलचित्रमा नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’ सुबास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी र भानुभक्त सिटौला लगायतका कलाकारको पनि अभिनय छ ।
चलचित्रको लेखन शिवम् अधिकारीले गर्नुभएको छ भने छायांकन सौरभ लामाले गर्नुभएको छ र द्वन्द्व देव महर्जनले संयोजन गर्नुभएको छ । भिएफएक्स समिर मियाले गर्नुभएको छ र कोरियोग्राफी कविराज गहतराज तथा प्रमोद भण्डारीले गर्नुभएको छ । सम्पादन बनिश शाह र सिजिआई सत्यम रानाको छ ।
चलचित्रको संगीत दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको रहेको छ । शब्द रचनामा दीपक शर्मा, विल्सन विक्रम राई र शंकर अधिकारी ‘घायल’को छ । खैजडी गीतको शब्द संकलन अनिश अधिकारीले गर्नुभएको छ । यो चलचित्र आरआर फिल्मस्ले वितरण गर्दै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच