
काठमाडौं । मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालय(टियू)बीच सहकार्यका लागि सम्झौता भएको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यका साथ काठमाडौंमा आयोजित कार्यक्रममा दुई पक्षबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार संघतर्फबाट अध्यक्ष अनुपम राठी र टियूतर्फबाट प्राडा केदारप्रसाद रिजालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार विद्यार्थीलाई उनीहरूको शैक्षिक सशक्तीकरणका लागि इन्टर्नसिप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण तथा मार्गदर्शन जस्ता व्यावहारिक स्रोत उपलब्ध गराइने बताइएको छ ।
उल्लेखित सबै सेवा मोरङ उद्योग वाणिज्य संघको पहुँचमा रहेका निजी क्षेत्रका उद्योग-व्यावसायिक संस्थामार्फत् प्रदान गरिने पनि संघले जनाएको छ । जसले नेपालमा सीपमा आधारित रोजगारी तथा ‘प्लेसमेन्ट’का लागि स्वस्थ वातावरण निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच