काठमाडौं । एनआइसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बीच विश्वका विभिन्न देशबाट नेपालमा आएका अलिपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकले नेपाल पे क्युआर मर्चेन्टमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ ।
सम्झौतासँगै भुक्तानी प्रणाली सेवा प्रदायक अलिपे प्लसमा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एपमार्फत् एनआइसी एसिया बैंकले उपलब्ध गराएको नेपाल पे क्युआर मर्चेन्टमा सोझै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ ।
सम्झौतापत्रमा बैंकतर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउसतर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ । अलिपे प्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनीलगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायक आबद्ध छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि