
भोजपुर जिल्लामा जन्मिनुभएकी विद्यादेवी भण्डारीले २०३७ सालमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरबाट आफ्नो राजनीति यात्रा सुरु गर्नुभएको थियोे । कम्युनिष्ट विचारधार बोक्नुभएको भण्डारीले स्ववियु निर्वाचनमा महेन्द्र मोरङ क्याम्पसबाट कोषाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०३९ सालमा तत्कालीन मालेका नेता मदन भण्डारीसँग उहाँको भूमिगत विवाह भएको थियो । भन्ने गर्छन् एउटा पुरुष सफल हुन महिलाको ठूलो भूमिका हुन्छ, जुन घरमा महिला-पुरुष एकअर्काको परिपूरक भएर बाँच्छन् त्यो परिवार सफल परिवारमा गनिन्छ । यदि विद्या भण्डारीले साथ नदिएको भए मदनको राजनीति यात्रा सफल हुने थिएन । मदनको हरेक राजनीति यात्रामा हातेमालो गरेर अघि बढ्नुभयो । दुई छोरीको आमा भण्डारीले लालनपालन गर्नु परेकाले आफ्नो राजनीति यात्रा सोचेजस्तो अघि बढेन । पर्दापछाडिबाट मदनलाई साथ दिँदै गइन्, मदन सफल राजनीतिज्ञको छवि बनाउन सफल हुनुभयो ।
दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा फर्कनुभएको छ । उहाँको घोषणाले एमालेभित्र हलचल मचिएको छ । एमालेका अध्यक्ष केपी ओलीले भने विद्या राजनीतिमा फर्केर कुनै बम पड्कनेवाला छैन् भन्नुभएको छ । ओलीलाई भण्डारीको पार्टीमा सक्रियता त्यति मन परेको छैन ।
मदन भण्डारीको २०५० साल जेठ ३ गते दासढुंगा विवादस्पद जिप दुर्घटनामा मुत्यु भयो । त्यसपछि भण्डारी पत्नी फेरि सक्रिय राजनीतिमा आउनुभयो । भण्डारीको मुत्युपछि खाली रहेको काठमाडौं क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाका लागि उहाँले उम्मेदवारी दिनुभयो । नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईलाई हराएर निर्वाचित भएपछि उहाँ एकाएक चर्चाको शिखरमा पुग्नुभयो । भण्डारीले रक्षा र वातावरण तथा जनसंख्यामन्त्री भएर काम गरिसक्नुभएको छ । नेकपा एमालेको उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष पनि हुनुभयो । २०१६ मा विश्व प्रसिद्ध फोब्र्स पत्रिकाले विश्वमा शक्तिशाली महिलाको सूचीमा विद्यादेवी भण्डारी ५२ स्थानमा पर्न सफल भएको भनेर प्रकाशित गरेको थियो ।
दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा फर्कनुभएको छ । उहाँको घोषणाले एमालेभित्र हलचल मचिएको छ । एमालेका अध्यक्ष केपी ओलीले भने विद्या राजनीतिमा फर्केर कुनै बम पड्कनेवाला छैन् भन्नुभएको छ । ओलीलाई भण्डारीको पार्टीमा सक्रियता मन परेको छैन । राजनीतिक व्यक्ति फेरि सक्रिय राजनीतिमै फकर्नु गलत हो र ? पूर्वराष्ट्रपतिलाई दिइने कुनै पनि सेवासुविधा लिन्न पुनः म सक्रिय राजनीतिमा लागेर देश र जनताको सेवा गर्छुभन्दा एमालेभित्र किन हलचल मच्चियो ?
हिजो मदन भण्डारीले जबजको सिद्धान्तलाई अघि सारेका थिए । उनकै सिद्धान्तलाई आत्मासात गरेर एमाले अघि बढिरहेको छ । अब भण्डारीले त्यही जबजको सिद्धान्तलाई अघि सारेर सबै फुटेर गएका कम्युनिष्टलाई एक ढिक्का बनाउनु उहाँको जिम्मेवारी पनि हो । विद्या भण्डारीलाई हिजोको जस्तो एमालेभित्र राजनीति गर्न सजिलो छैन । उहाँका सामु चुनौतीको चाङ छन् । त्यसलाई कसरी पार गर्नुहुन्छ त्यो आगामी दिनले देखाउला ।
अहिलेसम्म रहस्यमय रहेको मदन भण्डारीको हत्या कसरी भयो पहिला त्यो पत्ता लगाउनुपर्छ । अनिमात्र जनताले उहाँलाई विश्वास गर्नेछन् । हिजो काठमाडौंको जनताले जसरी आँखा चिम्मेलर विश्वास गरेका थिए अब त्यो गर्नेछैनन् । दुई पटक मन्त्री भएर दुई कार्यकाल राष्ट्रपति भइसकेपछि पनि मदन भण्डारीको हत्याको बारेमा केही नबोलेको भनेर उहाँलाई आरोप छ । यो आरोप उहाँले इमानदारीका साथ चिर्न सक्नुपर्छ । अहिलेसम्म पार्टीभित्र भण्डारीको हत्याको विषयमा चर्चा भएको पाइँदैन । उहाँको अर्को काम भनेको पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ । हिजो एमाले भन्नेहरू अहिले नेतृत्वको कारण पार्टी परित्याग गर्दैछन् तिनहरूलाई समेट्नुपर्छ ।
हिजो मदनले देख्नुभएको सपना पूरा गर्न सक्नुभएन । त्यो सपना पूरा गर्न म सक्रिय राजनीतिमा आएकी हुँ भनेर घोषणा गर्नुभएको छ । नेताहरूको बोलीबाट दिक्क भएका जनताले नेताको बोली पत्याउन छोडिसके । उहाँलाई सक्रिय राजनीतिमा आउन रोक्न किन खोजियो भनेर प्रश्न उब्जेको छ । एउटै व्यक्तिको रजगज चलेको पार्टीमा दोस्रो व्यक्ति प्रवेश भएपछि सशंकित हुनु स्वभाविक हो । पार्टी अध्यक्ष खड्गप्रसाद ओलीको विकल्प छैन भनिरहँदा विकल्पको रूपमा विद्या भण्डारी देखिनुभयो । अहिलेसम्म देखिएको परिदृश्यमा जसले पार्टी अध्यक्षको विरोध गर्यो उसको एमालेबाट राजनीति सकियो । नेतृत्वले गलत गरे औला उठाउन पाउनुपर्छ अनिमात्र प्रजातन्त्रले सार्थकता पाउँछ ।
११औं महाधिवेशनममा अध्यक्षको दाबेदार ८४ को संघीय निर्वाचनमा सांसद उम्मेदवार र भावी प्रधानमन्त्री खाने पो हो कि भन्ने एमालेका अन्य नेताहरूमा डर देखिएको छ । कतै हाम्रो राजनीति ओझेलमा पर्ने त होइन भन्ने त्रास देखिन्छ । पछिल्लो समय नेताहरूको रवैयाले जनताले लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उब्जाउन थालेका छन् । संसारमा सबभन्दा अब्बल मानीने व्यवस्थाप्रति नै किन औंला ठडिँदैछ ? सोच्न बेला आएको छ । हिजो राजाकोे नाउँ लिन लाज मान्नेहरूकोे जमात आज राजा आउँ देश बचाउँ भन्न थालेको छ । दलको विकल्प स्वतन्त्र उम्मेदवारलाई भोट हालेर जिताउँदै छन् ।
योे भनेको नेताहरू प्रतिको वितृष्णा हो । एमाले, कांग्रेस, माओवादी, मधेसवादी दलको विकल्पको कुन दल आउला भनेर सोच्न थालेका छन् । हिजो एमाले भनेर लाग्नेहरूको मनोभावना बुझेर सबैलाई समेटेर अघि बढ्न सके विद्याभण्डारीको राजनीतिक यात्रा सफल होला । कुर्सीकै लागि मात्र राजनीति गर्ने हो भने चाहिँ परिवर्तनको कुनै आशा गर्न सकिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच