
समाचार सारांश
-
नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको समूह चरणबाटै बाहिरियो।
-
उज्बेकिस्तानसँगको खेल ३–३ को बराबरीपछि टाइब्रेकरमा ४–२ ले पराजित भयो।
-
कप्तान सावित्राले ह्याट्रिक गर्दै शानदार पुनरागमनको प्रयास गरिन्।
-
टाइब्रेकरमा दुई प्रहार असफल भएपछि नेपालको यात्रा समाप्त भयो।
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ छनोटको समूह चरणबाटै बाहिरिएको छ। निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ को हार बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा निर्धारित ९० मिनेटको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो।
नेपालका लागि टाइब्रेकरमा गीता राना र सबिता रानामगरले गोल गर्नुभयाे । तर कप्तान सावित्रा भण्डारी साम्बा र गोलकिपर अञ्जना रानामगरको प्रहार असफल भएपछि नेपाल पराजित भयो ।
खेलको सुरुवातमै उज्बेकिस्तानले आक्रामक प्रदर्शन गर्दै दोस्रो मिनेटमै पहिलो गोल गर्यो। त्यसपछि ११औं मिनेटमा उज्बेकिस्तानले आत्मघाती गोलको मद्दतले अग्रता दोब्बर बनायो। उज्बेक कप्तानको प्रहार डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो।
नेपालका लागि २४औं मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गर्नुभयाे । डिबक्स बाहिरबाट उनले गरेको शक्तिशाली प्रहार जाली चुम्दा स्कोर २–१ भएको थियो ।
तर ३८औं मिनेटमा उज्बेकिस्तानले पेनाल्टी पायो, जब नेपाली डिफेन्डर सरस्वती हमालले ह्याण्ड गर्नुभयाे । सो अवसरमा शोएमोभले गोल गर्दै उज्बेकको अग्रता पुनः फराकिलो बनाउनुभयाे ।
दोस्रो हाफमा १० खेलाडीमा सिमित उज्बेकिस्तानविरुद्ध नेपालले पुनरागमन गर्यो। उज्बेक खेलाडी इग्रासेभाले हाफको अन्त्यतिर सावित्रामाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनुभयाे ।
७१औं मिनेटमा कप्तान साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–२ मा ल्याउनुभयाे । त्यसको दुई मिनेटपछि नै उहाँले ह्याट्रिक पुरा गर्दै खेललाई ३–३ को बराबरीमा ल्याउनुभयाे । नेपालका लागि एतिहासिक पुनरागमनको सम्भावना देखिए पनि, टाइब्रेकरमा त्यो सपना अधुरै रह्यो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच