काठमाडौं । आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथास्थानमा रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एकदिवसीयमा १७औँ र टी-२० आईमा १८औँ स्थानमै कायम रहेको छ । एकदिवसीय वरीयतामा नेपालले हालसम्म ३१ खेलमा ३३ रेटिङ अंक जोडेको छ । नेपालभन्दा माथि ओमान १६औँ तथा तल क्यानडा १८औँ रहेका छन् ।
हालै सम्पन्न आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले आठमध्ये ६ अंक जोडेको थियो । नेदरल्याण्ड्ससमेत सम्मिलित उक्त सिरिजमा नेपालले तीन खेलमा जित र एक खेलमा हार बेहोरेको थियो । यद्यपि, वरीयतामा सुधार हुने अपेक्षा गरे पनि नेपालको स्थान यथावत् रहृयो । आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा पाकिस्तान एक स्थान उक्लिएको छ भने श्रीलंकाले एक स्थान गुमाएको छ ।
आइसिसीले एक वर्षको अवधिमा प्रदर्शनका आधारमा तयार पारेको तथ्यांकअनुसार एकदिवसीय क्रिकेटमा आरिफ शेख अगाडि हुनुहुन्छ । उहाँले नौ खेलमा ४५.२५ को औसतमा ३६२ रन जोड्नुभएको छ । कप्तान रोहित पौडेलले १० इनिङ्समा २६५ रन (औसत २६.५०) जोड्नुभएको छ । घाइते भएर केही खेल गुमाउनुभएका अलराउन्डर गुल्शन झा पनि उत्कृष्ट लयमा देखिनुभएको छ । उहाँले नौ खेलमा २०४ रन बटुलेर तेस्रो स्थानमा हुनुहुन्छ । बलिङतर्फ सन्दीप लामिछाने एक वर्षको अवधिमा १० इनिङ्समा १५ विकेटसहित अगाडि हुनुहुन्छ । सोमपाल कामीले १३ विकेट (९ इनिङ्स) र गुल्शनले १२ विकेट (८ इनिङ्स) लिनुभएको छ । टी-२० अन्तर्राष्ट्रियमा ओपनर कुशल भुर्तेलले ४१ इनिङ्समा ३७.३३ को औसतमा ४४८ रन बनाउँदै शीर्षस्थानमा रहनुभएको छ ।
वरीयताको शीर्ष स्थानमा भारत यथावत् छ । यसैगरी दोस्रोदेखि क्रमशः न्युजिल्याण्ड, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश र वेस्ट इण्डिज छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर