काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको गठबन्धनमा कुनै समस्या नआउने दाबी गर्नुभएको छ ।
सोमबार केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
७ दिनसम्म चलेको कांग्रेस केन्द्रीय समितिको बैठकलाई सोमबार समापन गर्दै देउवाले समस्या आए पनि समाधान गरेर गठबन्धन टिकाउने बताउनु भयो ।
दुई दलबीच सल्लाह र सहमतिमै काम कारबाही अघि बढिरहेको बताउँदै उहाँले भन्नुभयो ‘दुई ठूला पार्टीबीच गठबन्धनमा समस्या आउनुलाई ठूलो ठान्नु हुँदैन । समस्यामा छलफल गरेर हामी मिलाउन सक्छौं’ सभापति देउवाले भन्नुभयो, ‘यो गठबन्धन पूरा समय रहन्छ ।’
साथै गठबन्धनमा केही कुरा आए पनि त्यो समस्याको रुपमा आउन नदिने उहाँले बताउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच